जनताका समस्या सुन्न गाउँ-गाउँ जान सांसदहरुलाई निर्देशन !



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिनु भएको छ ।

जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ ।

“तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस ।

जनतामाभएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस ।

आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस ” प्रधानमन्त्री ओलीले सांसदहरुसँग भन्नुभयो “जनताले सोधेका हरेक कुराको जवाफनम्र ढंगले दिनुहोस । ”

नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले स्थानीयतहको पार्टी एकताको बारेमा जनताले सांसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताउनुभएको छ ।

तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

“केन्द्रमा एकिकरण भएको महिनादिन भित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकतामका सबै काम टुंगिन्छन् ।”

प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको बताउनु भएको छ ।

नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामाअलमलन भएको बताउनु भएको छ ।

“देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन ।

हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली”प्रधानमन्त्री ओलीले भन्नुभयो “यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागि परेको छ ।”

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...