विप्लवका नेताहरु एकपछि अर्काे गर्दै प्रहरी फन्दामा, भेरी-कर्णाली इन्चार्ज पनि समातिए



 

सरकारले प्रतिबन्ध गरेसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु एकपछि अर्काे गर्दै पक्राउ पर्न थालेका छन् । कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ गरेको २४ घण्टा नबित्दै प्रहरीले भेरी–कर्णाली संयोजक धनराज शाहीलाई पक्राउ गरेको छ ।

 

श्रेष्ठलाई आइतबार राति पुर्वी क्षेत्रबाट पक्राउ गरिएको हो भने शाही सोमबार कालिकोटमा पक्राउ परेका हुन् । कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

 

प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको कालिकोट प्रहरीले जनाएको छ । शाही कालिकोटमा विप्लव समूहले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।

 

शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको शर्माले बताए । उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

 

शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय थिए। गत भदौ १० गते विप्लव समूहको बन्दका क्रममा उनले दैलेख र कालिकोटको सिमानामा बम बिस्फोट गराई आतंक मच्चाएका थिए। त्यही दिन जिल्ला नापी र मालपोत कार्यालय कालिकोट छेउमा बम बिस्फोट गराइएको थियो। यी घटना शाहीको निर्देशनमा भएको प्रहरीको दाबी छ ।

 

यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन् । उनलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ ।  त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका कालिकाेट इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो।

 

कालिकोट विप्लव सूहका नेता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला हो । विश्वकर्माको घर कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोट हो। विश्वकर्माको अगुवाइमा मालकोटमा त्यहाँ २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थाले पनि प्रहरीले रोकिदिएको छ।

 

सरकारले गत फागुन २८ गतेदेखि विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको छ । त्यसयता प्रहरीको विशेष ब्यूरोले गृहमन्त्रालयको निर्देशनअनुसार विप्लव समूहका नेता तथा कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।

शुक्रबार राति मात्रै विप्लव समूहका   मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनसहित ९ जना नेताहरुलाई पक्राउ गरेको थियो । ओली विप्लव समूहका तेस्रो वरियताका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना