यो विषयलाई लिएर भारत-पाकिस्तान बिच फेरि तनाब बढ्यो !



हाम्रो इकोनोमि

 

भारत र पाकिस्तानबीच लामो समय देखि तनाब बढीरहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अपहरण, बिहे र बलपूर्वक धर्म परिवर्तन गराइएको भनिएका दुई हिन्दू किशोरीको खोजी गर्न निर्देशन दिएका छन् ।

घटनाबारे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री खानले पन्जाब र सिन्ध प्रान्तका सरकारलाई ती किशोरीहरूको खोजी गर्न निर्देशन दिएका हुन् ।

किशोरीका भाइ र बुवाको भिडिओ सामाजिक सञ्जालमा ‘भाइरल’भएको छ, जसमा उनीहरूले आफ्नो पीडा व्यक्त गरेका छन् । घटनासँग सम्बन्धित अर्को भिडिओ पनि पोस्ट गरिएको छ । त्यो भिडिओमा ती किशोरीहरूले स्वेच्छाले इस्लाम धर्म अङ्गीकार गरेको बताएका छन् ।

पाकिस्तानका सूचनामन्त्री चौधरी फव्वाद हुसैनले ट्वीट गर्दै प्रधानमन्त्री इमरान खानले घटनाबारे छानबिन गर्न पन्जाब र सिन्ध प्रान्तका सरकारलाई निर्देशन दिएको जानकारी गराएका छन् । आइतवार भारतीय विदेशमन्त्री सुषमा स्वराजले इस्लामाबादस्थित भारतका उच्चायुक्तबाट घटनाबारे जानकारी मागेको बताएकी थिइन् ।

ट्वीट गर्दै उनले भनिन्, ‘मैले पाकिस्तानमा रहेको भारतीय उच्चायुक्तसँग यो विषयमा प्रतिवेदन पठाउन भनेकी छु ।’ सो ट्वीटबारे पाकिस्तानी सूचनामन्त्री हुसैनले जवाफ दिँदै भनेका छन् ( भारतमा अल्पसङ्ख्यकमाथि जसरी ुअत्याचारु भइरहेको हुन्छ, त्यसलाई रोक्न सक्रियता देखाउनुहोस् ।

मन्त्री हुसैनले आफ्नो देशको राष्ट्रिय झन्डामा रहेको सेतो रङ्गले अल्पसङ्ख्यकलाई प्रतिनिधित्व गरेको र उनीहरू आफूलाई प्यारो रहेको बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘यो पाकिस्तानको आन्तरिक मामिला हो र म तपाईँलाई आश्वस्त तुल्याउन चाहन्छु कि यो मोदीको भारत होइन, जहाँ अल्पसङ्ख्यकलाई बर्बाद गरिन्छ ।’

‘यो इमरान खानको पाकिस्तान हो, जहाँ हाम्रो राष्ट्रिय झन्डाको सेतो रङ्ग पनि त्यति नै प्यारो छ। मलाई आशा छ भारतमा अल्पसङ्ख्यकको अधिकारको कुरा उठ्दा त्यसप्रति तपाईँले त्यति नै तत्परताका साथ कदम चाल्नुहुनेछ ।’

दुई किशोरीको अपहरण गरिएको र उनीहरूलाई बलजफ्ती धर्म परिवर्तन गराइएको भनिएको घटनालाई लिएर हिन्दू समुदायका मानिसहरू बिहीवार धर्ना बसेका थिए । सिन्ध प्रान्तको घोटकी जिल्लामा होलीको दिन उक्त घटना भएको विवरणहरूमा जनाइएको छ ।

पाकिस्तानको द एक्स्प्रेस ट्रिब्यून पत्रिकाका अनुसार हिन्दू नेता शिवमुखी मेघवारले भनेका छन्, ‘यो उनीहरूको इच्छा थिएन, खासमा किशोरीहरूलाई अपहरण गरी बलजफ्ती धर्म परिवर्तन गराइएको हो ।’

भारतको टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार पाकिस्तान हिन्दू सेवा वेलफेयर ट्रस्टका अध्यक्ष सञ्जेश धनजाले कराचीबाट फोन गरी अपहरणपछि दुई किशोरी रीना र रवीनासँग बिहे गरेर उनीहरूलाई धर्म परिवर्तन गराइएको बताएका छन् ।

मानवाधिकारवादी कार्यकर्ता जिब्रान नासिरले दुई किशोरीका बुवाको भिडिओ पोस्ट गरेका छन्, जसमा रवीना १६ वर्षकी र रीना १४ वर्षकी भएको बताइएको छ । भिडिओमा एक वृद्धले आफैँलाई थप्पड हान्दै आफ्ना छोरीहरूलाई सुरक्षित रूपमा फिर्ता पठाइदिन अथवा आफूलाई गोली हानिदिन भनिरहेको देखिन्छ ।

नासिरले ट्वीट गरेका छन्, ‘यी वृद्धले आफ्नो अनुहारमा होइन, समाजको अनुहारमा थप्पड हानिरहेका छन् ।’ द एक्सप्रेस ट्रिब्यूनले सो घटनाबारे प्रहरीलाई गरिएको उजुरीमा उल्लेखित कुरा विस्तारमा लेखेको छ ।

जसअनुसार केही दिनअघि बरकत मलिक र हुजुर अली कोहबरसँग दुई किशोरीहरूको भनसुन भएको थियो । उनीहरू दुवैजना किशोरीहरूको घरअगाडि उभिरहन्थे । उनीहरूलाई त्यहाँबाट जान किशोरीहरूले भनेपछि दुवैजना आक्रोशित भए ।

घटनाबारे उजुरी गरेका किशोरीका दाइ सलमान दासका अनुसार उनी आफ्नो गाउँ हाफिज सुलेमानस्थित घरमा भएको बेला हतियारसहित छ व्यक्ति उनको घरभित्र पसे । तिनीहरूमध्ये तीन जनालाई दासले चिनिहाले । उनीहरू सफदर अली, बरकत अली र अहमद शाह थिए । उजुरीमा भनिएअनुसार ती छ जनाले बन्दुक देखाएर रीना र रवीनालाई घरबाट तानेर बाहिर लगे ।

त्यसबीच अहमद शाह र उनका तीनजना साथीले दासको घरमा भएको दराजको खानतलासी गरे । सो क्रममा उनीहरूले चार तोला सुन र ७५ हजार रुपैयाँ चोरेर लगेको उजुरीमा भनिएको छ । पीडित परिवारले घटनाबारे छिमेकमा हल्ला गरेपछि दासका काकाका छोरा रमेश मेघवार आइपुगे ।

त्यहाँ पुगेपछि उनले चार जनालाई चिने। रमेशले तिनको पिछा गर्ने भनेपछि उनीहरूले गोली हानेर मारिदिने धम्की दिए । दासका अनुसार अली, बरकत अली र अहमद शाहले सेतो रङ्गको टोयोटा कोरोलामा उनका बहिनीलाई लिएर गए, बाँकी तीन जना मोटरसाइकलमा भागे ।

घोटकी प्रहरीले सिन्ध प्रहरी प्रमुखलाई बुझाएको रिपोर्टअनुसार दुवै किशोरीले आफूहरूलाई न अपहरण गरिएको न त बन्धक नै बनाइएको भिडिओमा भनेका छन् । दुवै किशोरीले इस्लाम अङ्गीकार गरिसकेको भिडिओलाई उल्लेख गर्दै प्रहरीले जनाएको छ ।

अर्कोतर्फ घोटकीका एक प्रहरी अधिकारी इजहार लाहौरीले घटनामा संलग्न एक अभियुक्तलाई पक्राउ गरिएको छ भने अन्यको खोजी भइरहेको छ । उनले २४ घण्टाभित्र किशोरीहरूलाई खोजेर ल्याउने आश्वासन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...