यी १४ क्षेत्रमा नेपाली कामदार लैजाने जापानको घोषणा



हाम्रो इकोनोमि

 

लामो समय देखि रोकिएको जापानमा नेपाली कामदार लैजाने प्रक्रिया अगाडी बढेको छ । नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी पत्रमा जापानमा पेसिफाइड स्किल वर्कर अन्र्तगत नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा, एवम् सीप परीक्षण र सहजीकरणका लागि जापानी पक्षलाई सहयोग गर्न वैदेशिक रोजगार विभाग अन्र्तगत छुट्टै इकाई स्थापना गरिने भएको छ । यस्तै समझदारी पत्र प्रभावकारी कार्यान्वयन गर्न दुवै देशका प्रतिनिधि रहनेगरी संयुक्त समिति गठन पनि गरिने भएको छ ।

समझदारी पत्रमा सन् २०१९ को अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने सम्झौता भएको छ । समझदारीपश्चात अब दुई देश सम्मिलित प्राविधिक कमिटी गठन गरिने भएको छ । जापानमा रोजगारीमा जानका लागि एन फोर भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी संयन्त्रबाटै कामदार पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको छ । जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने भएको छ । जापानले नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्रका लागि कामदार लैजाने भएको हो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...