विप्लवलाई लिएर रक्षामन्त्री पोखरेलले दिए यस्तो डरलाग्दो बयान !



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा लगतार बढ्दै गएको राजनीतिक परिवर्तनले गर्दा देशको द्धन्दको खत्तरा देखिएको छ ।

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग वार्ता गर्न सरकारलाई दवाव बढिरहेका बेला सरकारका रक्षामन्त्री इश्वर पोखरेलले विप्लवसँग अहिले वार्ताको कुनै सम्भावना नभएको स्पष्ट पार्नु भएको छ ।

उहाँले विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो ।

आज विराटनगर बिमास्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार सकारात्मक हुने जानकारी दिनु भएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री पोखरेलले भन्नुभयो, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ, विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

यो भन्दा पहिले सरकारका प्रवता तथा सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि सरकार वार्ताको लागि तयार भएको तर विप्लव सच्चिएर आउँनुपर्ने बताउँनु भएको थियो ।

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध लगाउनु परेको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।

विप्लवका गतिविधि राजनीतिक नभएको बताउँदै सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उहाँले जनाउँनु भएको छ । सरकारले थालेको अभियानमा पछिल्ला केही दिनहरुमा विप्लवका ठुला नेता तथा कार्यकता धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...