कमाएको सम्पत्ति वृद्धाश्रमलाई दिएर बुढेसकाल आश्रममै बिताउछु : दिपाश्री



हाम्रो इकोनोमि

 

नायिका तथा निर्देशक दिपाश्री निरौलाले निकै राम्रो सफलता हात पारेकी छन् । कमेडियनबाट आफ्नो करियर सुरु गरेकी दिपाश्रीले आफ्नो निर्देशनमा चर्चित फिल्महरु निर्माण गरिसकेकी छन् ।

चर्चित टेलिसिरियल ‘तितो सत्य’ बाट कलाकारता सुरु गरेकी उनले सिरियलमा अभिनेता दिपकराज गिरीको जोडीको रुपमा देखिएकी थिइन् ।

इतिहासकै लामो टेलिसिरियल ‘तीतो सत्य’ बाट दर्शकको मन मुटुमा बस्न सफल भएकी उनी माथि अझै धेरै सफलता थपिएको छ । मिल्ने साथी, अभिभावक र मार्ग निर्देश गर्ने असल साथी दिपकराज भएकाले आफु यो स्थानमा पुग्न सफल भएको बताउँदै आएकी छन् ।

कामका भएको एक प्रकारको पागलपनको कारण विवाह नगरेको बताउने उनी जति बाँचिन्छ त्यो समय आनन्दपूर्वक बाच्ने बताउँछिन् ।

आफ्नो कामलाई बुझ्ने मानिस नपाएको कारण विवाह नगरेको बताउँदै बुढेसकालसम्म बाँचे आफुले कमाएको पैसा वृद्धाश्रमलाई दिने र उतै जीवन बिताउने सोच रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...