बृहत् योग शिविर सञ्चालनमा



हाम्रो इकोनोमि

 

बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ ।

बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।

शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

चञ्चल मनलाई नियन्त्रण गरी सम्पूर्ण बन्धनबाट मुक्त गराउने अभ्यास योग भएकाले व्यक्तिव्यक्तिमा योगाको महत्वबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष लालबहादुर ओलीको भनाइ छ ।

शारीरिक अभ्यासबिना नै शारीरिक अवस्था सन्तुलन र स्वस्थ राख्ने कलाको प्रयोग अरुले पनि सिकुन् भनेर पतञ्जली योग समितिसँगको सहकार्यमा शिविर आयोजना गरिएको नगर प्रमुख पदम बडूवालले बताउनुभयो ।

नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एकएकजना योग शिक्षक नै उत्पादन गर्ने लक्ष्यसहित बृहत् योजनाका साथ शिविर सञ्चालन गरिएकोे उपप्रमुख कविता विष्टले बताउनुभयो । शिविरमा बिहान योग अभ्यास र सकारात्मक सोच विकासको प्रशिक्षण पनि दिने कार्यक्रम रहेको छ ।

पतञ्जली योग समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष काशीनाथ भट्ट र जिल्ला अध्यक्ष लालबहादुर ओलीले प्रशिक्षण दिइराख्नुभएको छ । शिविरमा सर्वाङ्गीण सहज व्यायाम, सूर्य नमस्कार, परम्परागत व्यायाम, प्राणायाम ध्यान सिकाइने भएको छ ।

बीस देखि ३५ वर्ष उमेर समूहका इच्छुक युवालाई शिविरमा सिकेको ज्ञानलाई थप विकास गर्न भारतको बानरसमा समेत सहभागी हुने अवसर मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...