बृहत् योग शिविर सञ्चालनमा



हाम्रो इकोनोमि

 

बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ ।

बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।

शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

चञ्चल मनलाई नियन्त्रण गरी सम्पूर्ण बन्धनबाट मुक्त गराउने अभ्यास योग भएकाले व्यक्तिव्यक्तिमा योगाको महत्वबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष लालबहादुर ओलीको भनाइ छ ।

शारीरिक अभ्यासबिना नै शारीरिक अवस्था सन्तुलन र स्वस्थ राख्ने कलाको प्रयोग अरुले पनि सिकुन् भनेर पतञ्जली योग समितिसँगको सहकार्यमा शिविर आयोजना गरिएको नगर प्रमुख पदम बडूवालले बताउनुभयो ।

नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एकएकजना योग शिक्षक नै उत्पादन गर्ने लक्ष्यसहित बृहत् योजनाका साथ शिविर सञ्चालन गरिएकोे उपप्रमुख कविता विष्टले बताउनुभयो । शिविरमा बिहान योग अभ्यास र सकारात्मक सोच विकासको प्रशिक्षण पनि दिने कार्यक्रम रहेको छ ।

पतञ्जली योग समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष काशीनाथ भट्ट र जिल्ला अध्यक्ष लालबहादुर ओलीले प्रशिक्षण दिइराख्नुभएको छ । शिविरमा सर्वाङ्गीण सहज व्यायाम, सूर्य नमस्कार, परम्परागत व्यायाम, प्राणायाम ध्यान सिकाइने भएको छ ।

बीस देखि ३५ वर्ष उमेर समूहका इच्छुक युवालाई शिविरमा सिकेको ज्ञानलाई थप विकास गर्न भारतको बानरसमा समेत सहभागी हुने अवसर मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...