स्ववियु निर्वाचन माग गर्दा क्याम्पस पदाधिकारीको निर्देशनमा विद्यार्थी नेतालाई गोली हान्ने धम्की
नुवाकोट अादर्श बहुमुखी क्याम्पसका अनेरास्ववियु इकाइ कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यलाई क्याम्पस पदाधिकारीको निर्देशनमा गोली हानेर मार्ने
धम्की अाएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवकोटमा निवेदन परेको छ । स्ववियु निर्वाचन माग गर्दा क्याम्पस पदाधिकारीको निर्देशनमा विद्यार्थी नेतालाई गोली हान्ने धम्की अाएको बुझिएको छ ।
नेपाली कांग्रेसको निर्देशनमा चैत १० गते हुने स्ववियु निर्वाचन स्थगित भएपछि नुवाकोट अादर्श बहुमुखी क्याम्पसमा तनाव भएको छ ।
कांग्रेस नेताको निर्देशनपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष र क्यम्पस प्रमुखले बारम्बार तनाव र दबाब दिएपछि निर्वाचन प्रमुख ठाकुर पुडासैनीले राजिनामा दिएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचनमात्र अनिश्चित बनेन निर्वाचनको माग गर्ने अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका नेताहरूलाई छानीछानी भाैतिक अाक्रमणको चेतावनी दिइरहेको बुझिएको छ ।
निर्वाचन हुनु र नहुनु एउटा पाटो हो तर क्याम्पसका पदाधिकारीले नै कसैलाई प्रयोग गरेर अाफ्नै विद्यार्थीहरू माथि गोली हान्ने धम्की दिनु कत्तिको जायज हो ?

यसैबीच प्रशासनले भने फोन गरेर धम्की दिने व्यक्तिलाई छानविन गरेर कारबाही गर्नु साटो उल्लो संरक्षणको काम गरिरहेको पीडित विद्यार्थी नेताहरूले बताएका छन । शैक्षिक संस्थानै बन्दको घोषणा गरेर सम्पर्कबिहीन भएका क्याम्पस प्रमुखले भने सोमबारबाट क्याम्पस खुलेको सूचना जारी गरेका छन ।




