आयो हैजा–मलेरिया जस्तो अनौठो स्वास्थ्य चुनौती : ७५० जनाको लिइसक्यो ज्यान



हाम्रो इकोनोमि

 

शक्तिशाली तुफानपछि समयमा मानवीय उद्धार र सहायता हुन नसक्दा तीन अफ्रिकी देशमा हैजा–मलेरिया जस्तो अनौठो स्वास्थ्य चुनौती आएको छ । तुफान र तुफानपछिको महामारीका कारण अहिलेसम्म ७५० जनाको ज्यान गएको छ । तीन अफ्रिकी देशलाई केन्द्र बनाएर आएको इदाई तुफानका कारण अहिलेसम्म यत्ति मानिसहरुको मृत्यु भएको छ ।

 

आज १० दिन भैसक्दा ७५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । लाखौं घरबार बिहिन भएका छन्, अधिकारीहरुका अनुसार मर्नेहरुको संख्या बढेर एक हजार सम्म पुग्न सक्नेछ । उद्धारको काममा ढिलाई भइरहेको कारणले गर्दा पनि मर्नेहरुको संख्यामा केही वृद्धि हुन सक्ने जनाइएको छ ।

 

मोजाम्बिक, जिम्बाब्वे र मालावीमा तत्काल बिजुली र पानीको व्यवस्था गर्ने कार्य भइरहेको छ । मोजाम्बिकमा ४४६, जिम्बाब्वेमा २५९ र मालावीमा ५६ भन्दा धेरैको ज्यान गएको छ । अहिले उक्त क्षेत्रमा सुद्ध पानी लगायतको व्यवस्था हुन सकेको छैन । बढ्दो फोहोरका कारण त्यहाँ हैजा, मलेरिया लगायतका सरुवा रोगको महामारि फैलिएको हँदा मर्नेहरुको संख्या कत्ति हुन्छ भनन सक्ने अवस्था छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...