श्रीमानले चुम्बन गर्न खोज्दा श्रीमतीले रिसमा जिब्रो नै चैट पारिदिए पछि…



हाम्रो इकोनोमि

 

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको थियो।

दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियामा चर्चामा थियो।

ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाइदिएकी हुन्।

ती महिला आठ महिनाकी गर्भवती थिइन्।

श्रीमतीबाट चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको खबर आजतकले लेखेको थियो।

श्रीमानबाट बेखुसी भएकी ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने समाचारमा जनाइएको थियो।

समाचारमा जाइएको अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो- लोग्नेको रुप।

श्रीमतीका नजरमा उनी सुन्दर थिएनन्।

प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो।

उनीहरूबीचको त्यसदिनको झगडा स‌ंझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए।

तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन्।

काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको थियो।

जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन किनभने घाउ निकै गम्भीर भएको थियो र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...