मागी विवाह गर्दै हुनुहुन्छ ? युवतीलाई यि प्रश्न नलजाइ सोध्नुहोस् ,



हाम्रो इकोनोमि

 

परिबर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ ।

तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्नुहोस् ।

एक अर्काको आनीबानी थाहा पाउन वर्षौंसम्म लाग्न सक्छ ।

तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भर मै हुने वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नु हुन्छ ।

यसले तपाईको जीन्दगीमा नयाँ मोड ल्याउन सक्छ ।

विहे गर्नु भन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरु यस प्रकार रहेका छन् ।

१- फ्यूचर प्लानिङको बारेमा पनि छोटो प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने पनि बुझ्नुहोस् ।

याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ ।

२- सबै भन्दा पहिला केटीको शिक्षाको बारेमा जरुर सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो ।

भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ । ३- आर्थिक मामलामा उनको धारणा के हो त्यो पनि बुझ्नु होस् ।

तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्वपूर्ण हुने गर्छ ।

तर याद गर्नुहोस् मनी माइन्डेट युवति छ भनेपनि तपाईको जीवन सफल नहुन सक्छ ।

४- उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् ।

उसका साथीहरु कस्ता कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ ।

उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो ।

किनकी उसको बाल्यकाल त्यही बितेको छ । ५- त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोस् ।

रुची हेर्दा सानो सानो देखिएपनि मानिसको संस्कार र संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस् ।

एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...