भोली जापान कामदार पठाउने समझदारीमा हस्ताक्षर हुँदै, यो बर्ष ४० हजार कामदार लैजाने



हाम्रो इकोनोमि

 

 

नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ। मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो।

 

मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने विषयमा हस्ताक्षर हुने बताए। ‘सोमबार दुई देशबीच कामदार पठाउने विषयमा हस्ताक्षर गर्ने तयारीमा छौं,’ ती अधिकारीले भने, ‘हाम्रो योजना अनुसार काम अघि बढ्यो भने सोमबार नत्र त्यसको केही दिनपछि समझदारीमा हस्ताक्षर हुन्छ।’

 

जापान कामदार पठाउने प्रक्रिया जिटुजी तहमा हुने लगभग तय भइसकेको बताइएको छ। जापान जानुअघि भाषा र सीप अनिवार्य गरिएको छ। रोजगारीका लागि जापान जानेले एन–४ (मध्यम स्तर) तहको जापनीज भाषा उत्तीर्ण गर्नुपर्ने छ। त्यस्तै सम्बन्धत कामको सीप जानेको हुनुपर्छ।

 

निकै लामो समयदेखि नेपालले जापानमा कामदार पठाउने प्रयास गर्दै आए पनि यसैवर्ष जापानले विभिन्न नौ मुलुकबाट विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपालकी युवाको जापान रोजगारीको बाटो खुलेको हो। मन्त्रालयका अधिकारीका अनुसार जापानले पहिलो वर्ष नेपालबाट निकै थोरै कामदार लैजाने सम्भावना छ। जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ।

 

दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको छ। जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने बताएको छ। १४ आटा औद्योगिक क्षेत्रमा कामदार राख्न सकिने जापानको भनाइ छ।

समझदारीपछि सम्भवतः आउँदो वैशाखदेखि नेपाली कामदार जापान जान सक्ने बताइएको छ। जापानले गत पुसमा नेपालसहित भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्यण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट १४ प्रकारका कामका गर्न विदेशी कामदार लैजाने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...