‘एक वर्षमा संविधान बमोजिम १२६ कानून’ इतिहासकै पहिलो घटना : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो ।

 

उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताउनुभयो ।

 

प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न हामीले यसबीचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...