२ हजार बहूमूल्य कार बोकेको जहाज यसरी समुन्द्रमा डुब्यो



हाम्रो इकोनोमि

 

ब्राजिलबाट इटाली गईरहेको इटालियन मालबाहक पानी जहाज गत मंगलबार आन्ध्र महासागरा डुब्यो ।

उक्त पानी जहाजमा २ हजार भन्दा धेरै निकै महंगा कारहरु थिए र पानी जहाजसँग अर्बौँ मूल्यका ती कारपनि समुद्रमा डुबे ।

अर्डर गरेका ग्राहकलाई डेलिभरी गर्नका लागि ल्याइएका ती कारमध्ये ३७ वटा पोर्शेे ब्राण्डका कार थिए, जसको मूल्य करोडौँ पर्दछ ।

 

त्यस्तै आउडी कम्पनीका बहूमूल्य कारहरु पनि डुबेका थिए ।

जहाज दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन ।

जहाजमा रहेका २७ जना चालक दलका सदस्यहरुलाई बेलायती सैनिक उद्धार टोलीले सकुशल उद्दार गरेको थियो ।

उक्त पानीजहाजको नाम ग्राण्ड अमेरिका थियो । फ्रान्सको तटीय क्षेत्रभन्दा १५० माइल टाढा आन्ध्र महासागरमा जहाज दुर्घटना भएको हो ।

उक्त जहाज जर्मनीको ह्याम्बर्गबाट मोरक्कोको कसाब्लांकातर्फ जाँदै थियो ।

तर कसाब्लांकाको नजिकै पुग्नै लाग्दा जहाजलाई ब्राजिल तर्फ जान भनियो ।

जहाज आफ्नो पूर्व निर्धारित दिशामा फ्रान्सको ब्रेस्टबाट दक्षिण पश्चिम दिशामा चलिरहेको थियो ।

त्यहीँबेला अकस्मात जहाजमा आगो लाग्यो र केही बेरमै जहाज समुद्रमा डुब्यो ।

महंगा कारहरु समुद्रको पिँधमा बिलिन भए । उक्त जहाजमा सबैजसो लेटेस्ट मोडलका कारहरु थिए ।

जहाज १५ हजार फिट समुद्रको गहिराईमा डुब्यो । उक्त दुर्घटनाबाट जर्मन कम्पनी प्रोर्शेलाई ठूलो घाटा लागेको छ ।

उसले आफ्ना ग्राहकहरुलाई नयाँ मोडलको कार प्राप्त गर्न केही समय कुर्नुपर्ने जनाएको छ ।

केही दिनमै नयाँ कारको उत्पादनको काम सुरु गरिने उसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...