सत्ताको लागि भारतमा प्रधानमन्त्री मोदी हिटलर बन्न खोज्दैंछन् !



हाम्रो इकोनोमि

 

भारतमा पछिल्ला केही दिनहरुमा लगतार एक पछि अर्को ठाउँमा मुसलमानहरु प्रति दमन हुन थालेको छ । केही दिन पहिले केही युवाहरुको समुहले उत्तरप्रदेशको गुरुद्धारा गाउँमा मुस्लिम समुदायमाथि उनीहरुको घरमा पसेर मारपिट गरेका थिए । भारतमा हिन्दुहरुको बाहुल्यता भएका हुनाले लोकसभा निर्वाचनलाई लक्षित गरेर भारतीय जनता पार्टीले यस्तो रणनीति अपनाएको छ ।

 

धार्मिक कुरालाई चर्चामा ल्याएर आफुले राजनीतिक फाइदा उठाउनको लागि नरेन्द्र मोदी सरकारमा रहेको पार्टी भाजपाले यस्तो रणनीति अपनाएको विपक्षीले आरोप लगाएका छन् । नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले सत्तामा टिकिराख्नको लागि मोदी हिटलर बन्न खोजेको आरोप लगाउँनु भएको छ । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले मोदीले घृणाको राजनीति गर्न खाजेको आरोप लगाउँनु भएको छ ।

 

जनतालाई वास्तिवक मुद्धाबाट बहकाएर गलत्त कुराहरुमा अल्झाउन चाहेको आरोप लगाउँनु भएको छ । अघिल्लो निर्वाचनमा वाचा गरिएका कुराहरु पुरा गर्न नसकेपछि सरकार गलत्त बाटोमा लागेको गान्धीको आरोप छ । यो भन्दा पहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि मोदीले गलत्त राजनीति गर्न खोजेको आरोप लगाउँनु भएको थियो ।

 

अहिले बेरोजगारी, गरिबी जस्ता कुराहरु मुख्य मुद्धा भएको समयमा राष्ट्रवादजस्तो अनावश्यक विषय ल्याएको आरोप मोदीमाथि लागेको छ । अहिले भारतमा मुसलमानहरुलाई पाकिस्तान जान भन्दैं मारपिट गर्ने गरिएको छ । प्रहरी प्रसाशण पनि यो विषयमा गम्भिर नभएको आरोप लाग्ने गरेको छ भने भारतीय केही बाहेक धेरैं सञ्चारमाध्यमहरुले यसलाई गलत्त तरिकाले प्रस्तुत गर्न थालेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...