सत्ताको लागि भारतमा प्रधानमन्त्री मोदी हिटलर बन्न खोज्दैंछन् !



हाम्रो इकोनोमि

 

भारतमा पछिल्ला केही दिनहरुमा लगतार एक पछि अर्को ठाउँमा मुसलमानहरु प्रति दमन हुन थालेको छ । केही दिन पहिले केही युवाहरुको समुहले उत्तरप्रदेशको गुरुद्धारा गाउँमा मुस्लिम समुदायमाथि उनीहरुको घरमा पसेर मारपिट गरेका थिए । भारतमा हिन्दुहरुको बाहुल्यता भएका हुनाले लोकसभा निर्वाचनलाई लक्षित गरेर भारतीय जनता पार्टीले यस्तो रणनीति अपनाएको छ ।

 

धार्मिक कुरालाई चर्चामा ल्याएर आफुले राजनीतिक फाइदा उठाउनको लागि नरेन्द्र मोदी सरकारमा रहेको पार्टी भाजपाले यस्तो रणनीति अपनाएको विपक्षीले आरोप लगाएका छन् । नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले सत्तामा टिकिराख्नको लागि मोदी हिटलर बन्न खोजेको आरोप लगाउँनु भएको छ । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले मोदीले घृणाको राजनीति गर्न खाजेको आरोप लगाउँनु भएको छ ।

 

जनतालाई वास्तिवक मुद्धाबाट बहकाएर गलत्त कुराहरुमा अल्झाउन चाहेको आरोप लगाउँनु भएको छ । अघिल्लो निर्वाचनमा वाचा गरिएका कुराहरु पुरा गर्न नसकेपछि सरकार गलत्त बाटोमा लागेको गान्धीको आरोप छ । यो भन्दा पहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि मोदीले गलत्त राजनीति गर्न खोजेको आरोप लगाउँनु भएको थियो ।

 

अहिले बेरोजगारी, गरिबी जस्ता कुराहरु मुख्य मुद्धा भएको समयमा राष्ट्रवादजस्तो अनावश्यक विषय ल्याएको आरोप मोदीमाथि लागेको छ । अहिले भारतमा मुसलमानहरुलाई पाकिस्तान जान भन्दैं मारपिट गर्ने गरिएको छ । प्रहरी प्रसाशण पनि यो विषयमा गम्भिर नभएको आरोप लाग्ने गरेको छ भने भारतीय केही बाहेक धेरैं सञ्चारमाध्यमहरुले यसलाई गलत्त तरिकाले प्रस्तुत गर्न थालेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...