‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’ ले छाडे ‘मेरी बास्सै’, भने, ‘हामी मर्न चाहन्नौं’



 

लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सैका मुख्य कलाकार तथा स्क्रिप्ट राइटर’ समेत रहेका राजु मास्टर (राजु पौडेल) र बल्छी ध्रुवे (मरिचमान श्रेष्ठ) ले एकै पटक ‘मेरी बास्सै’ छाडेका छन् ।

 

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय हाँस्य टेलिश्रृखंलाका स्क्रिप्ट राइटर समेत रहेका उनीहरुलाई अब दर्शकले हेर्न नपाउने भएका छन् । मिडिया हबबाट प्रशारण हुँदै आएको चर्चित र लोकप्रिय श्रृखंलाका स्क्रिप्ट राइटर र मुख्य कलाकारले नै मेरी बास्सै छोडेपछि प्रशंसकहरु निरास बनेका छन् ।

 

उनीहरुले यतिविघ्न दर्शकले अत्यधिक रुचाएको हाँस्य श्रृखंलाबाट हात झिक्नुको कारण खुलस्त नखुलाए पनि सामान्य असन्तुष्टिहरु भने आफ्नो सामाजिक सञ्जालमार्फत दर्शक–स्रोतलाई जानकारी गराएका छन् ।

 

कलाकार बल्छी ध्रुवे (मरिचमान) श्रेष्ठले आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन्, एउटा स्क्रिप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो । उ जुन दिशामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिंजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ । तर हजुरहरुको मायाले बाँचेका हामी बल्छी र राजु मर्न चाहेनौं ।’

 

आफूहरु कसैको नियन्त्रणमा काम गर्न नसक्ने जनाउँदै दिएका उनले थप लेखेका छन्, ‘मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे (माग्ने बुढा ) तथा सीताराम कटेल (धुर्मुस) ले छोडेपछि हामी राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसँग विभिन्न कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौं । यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौं ।’

 

उनले थपे लेखेका छन्, ‘हाम्रा दर्शकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाँडो भन्दा चाँडो यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौं । सधै यस्तै मायाको अपेक्षा गर्नेछौं ।’

 

एकाएक मेरी बास्सै छाडेको सूचना आएपछि नयाँपेजले राखेको जिज्ञासामा  बल्छी ध्रुवे (मरिचमान) श्रेष्ठ ले भने मिडिया हबसँग केहि कुरामा असहमति रह्यो, फेरि हामी स्वतन्त्र रुपमा काम गर्ने खालको प्रवृतिका कलाकार भएकाले मेरी बास्सै छाडेका हौ ।

 

उनले दर्शकहरुको अपार मायाले आफूहरुलाई हौस्याउँदै ल्याएको बताउँदै निकट समयमै आफूहरु दर्शकको हाँस्य चाहनालाई पूरा गर्ने गरी आउने बताए । मरिचमानले मेरी बास्सै छोडेको जनाऊ दिंदै लेखेको स्टाटसमा दर्शक तथा शुभचिन्तकले विभिन्न प्रतिक्रिया जनाएका छन् । राइस प्यालेस कान्छो नामका शुभचिन्तकले मेरी बास्सै छाडे पनि फेरि राजु मास्टर र बल्छीध्रुवे साग अगाडि बढेको हेर्ने चाहना भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १