हेर्नुहोस,शौचालयलाई यसरी पानी गोदाम बनाईएको छ,स्वास्थ माथी सिधै हमला



हाम्रो इकोनोमि

 

मुलुकभरका खानेपानी तथा सरसफाइ प्रणालीहरुको योजना तर्जुमा, निर्माण, संचालन तथा मर्मत सम्भार लगायतको जिम्मेवारी बोकेको खानेपानी तथा सरसफाई मन्त्रालय रहेको स्थान सिंहदरबार बाट एक किलोमिटरको दुरीमा रहेको पुतलीसडकको एउटा जारको पानी पाइने पसलले शौचालयलाई पानी गोदाम बनाएर स्वास्थ माथि गम्भीर खेलवाड गरेको छ।

 

मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग क्षेत्रगत नेतृत्वदायि कार्यान्वयन निकाय हो भने मन्त्रालय क्षेत्रगत नेतृत्वदायि कार्यकारी निकाय हो । मन्त्रालय अन्तर्गत विभागका अलावा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइ प्रणालीहरुको निर्माण एवम सेवा प्रवाहका लागि बोर्डहरु, खानेपानी संस्थान, समितिहरु, आयोजना निर्देशनालय र महशुल निर्धारण तथा नियमनका लागि एक आयोग रहेको छ भनेर मन्त्रालयको आधिकारिक पोर्टलमा उल्लेख छ।

 

तर बत्तिमुनीको अध्यारो भने झैँ नियमन र अनुगमन नहुदा शौचालयमा पानीको गोदाम बनाएर निर्बाध ब्यापार भईरहेको छ। पुतलीसडकमा रहेको पैरवी प्रकाशन नजिकको शौचालयमा पानीको जार भण्डारण गरिएको अबस्थामा पाईएको हो। खानेपानी मन्त्रालय नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरले सम्हालेकी छिन।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...