निर्मलाको बलात्कार भएको हैन ३ जना महिला र २ जना पुरुषले हत्या गरेका हुन्’ (भिडियो हेर्नुस्)



हाम्रो इकोनोमि

 

आफुलाई माता भनेर दावी गर्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार नभएको दावी गरेकी छन् ।

उनले निर्मलाको बुवासंग भेटेको बताइन् । सविता माताले निर्मलालाई ५ जनाले निर्मलाको हत्या गरेको दावी गरेकी छन् । उनलाई कपडाले निर्मलाको छोपेर हत्या गरेको आफुले बताएको दावी गरिन् ।

सविताले सावित्री निर्मलालाई न्याय माग्न भन्दै कञ्चनपुर जांदा सावित्रीलाई समेत फोन गरेर सो कुरा बताएको दावी गरिन् ।

निर्मलाको हत्यामा तीन जना महिला समेत सहभागी भएको दावी गरिन् । उनले आफुले सपनामा देखेको भन्दै सोही अनुसारको कुरा बताएको बताइन् ।

उनले बलात्कार भनेर डिएनए र के के चेक गरेका छन् त्यो डिएनए चेक गरेर हुंदैन ।

बलात्कार जस्तो पारेर जंगलमा फालेका हुन् उनले भनिन्, कोठे सर्ट लगाएको ब्यक्तिले मुखमा कपडा कोचेर हत्या गरेको हो ।

त्यहाँ जम्मा पांच ६ जना छन् । ’ उनले २ वजे र १५ देखि २५ मिनेटको बिचमा

उनलाई लगेर जंगलमा लगेर फालेको मेरो सपनामा देखिएको उनले बताइन् । उनले त्यस्तो सपना असोजको बिच भागमा देखेको बताएकी छन् ।

सविता माताले महिला अधिकारका अभियन्ता सावित्री सुवेदी राजनीतिक रुपमा ठूलो पदमा पुग्ने भविष्यवाणी गरेकी छन् ।

सविता माताले नै सावित्रीलाई तत्कालिन माओवादी केन्द्र छोड्न सुझाव दिएको समेत बताइन् ।

उनले भनिन् उनी कुनै सानो पदवाट माथि जाने भन्दा पनि अहिलेकै अवस्थावाट राजनीतिक रुपमा ठूलो पदमा पुग्ने उद्घोष गरिन् ।

सावित्रीले माता सवितालाई मान्ने समेत बताइन् । एउटा भिडियोमा संगै देखिएका सविता र सावित्रीले महिलाहरु महिनावारी हुने विषयमा भने फरक धारणा प्रस्तुत गरे ।

सावित्री पनि वेला वेलामा आफ्नो भविष्यका बारेमा सोध्न सविताको दैलोमा जाने गरेको सविताले बताइन् ।

सो कुरा सावित्रीले पनि स्वीकार गरेकी छन् । सविताले आफुमा शक्ति भएको र सोही शक्तिवाट भविष्यवाणी गर्ने बताइन् ।

उनले आफ्नो नाम बेचेर अरु कसैले फाइदा समेत लिएको समेत बताएकी छन् । माता सविताले अहिले आएका सामाजिक सञ्जाल समेत सञ्चालन गर्ने बताइन् ।

उनले कसैले भन्दैमा राजतन्त्र आउने र जाने नभई समय आएपछि आउने बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...