अचानक दुई पक्ष बीच गोली चल्यो, स्थानीयहरुको भागाभाग
भारत पाकिस्तान सीमा क्षेत्रमा लामो समय देखि तनाब जारी रहेको छ ।
हिजो पाकिस्तानी सेनाले शनिवार जम्मू कश्मीर राज्यको पुंछ जिल्लामा दुई देश बिचको नियंत्रण रेखा (एलओसी) पार गर्दै भारतीय क्याम्पहरुलाई लक्षित गरेर आक्रमण गरेको छ ।

भारतीय रक्षा प्रवक्ताले यो कुराको जानकारी दिनु भएको छ ।
उहाँका अनुसार पुंछ सेक्टर सीमामा हिजो बेलुका ६ बजे तिर गोलाबारी भएको हो ।
प्रवक्ताका अनुसार भारतीय सेनाले पनि जवाफमा गोली चलाएको थियो ।
पाकिस्तानद्धारा गरिएको संघर्ष विराम उल्लंघनले भारतीय पक्षलाई कुनै मानविय क्षति नभएको जानकारी दिनु भएको छ ।

आधिकारिक सूत्रका अनुसार पाकिस्तानी सेनाले शाहपुर र केरनीलाई मध्यनजर गरेर गोली चलाएको थियो ।
दुई पक्ष बिच भएको गोलाबारीले त्यहाँ भएका स्थानीयहरुमा भागदौड मच्चिएको जनाइएको छ ।


