अचानक दुई पक्ष बीच गोली चल्यो, स्थानीयहरुको भागाभाग !



हाम्रो इकोनोमि

 

भारत पाकिस्तान सीमा क्षेत्रमा लामो समय देखि तनाब जारी रहेको छ । हिजो पाकिस्तानी सेनाले शनिवार जम्मू कश्मीर राज्यको पुंछ जिल्लामा दुई देश बिचको नियंत्रण रेखा (एलओसी) पार गर्दै भारतीय क्याम्पहरुलाई लक्षित गरेर आक्रमण गरेको छ ।

भारतीय रक्षा प्रवक्ताले यो कुराको जानकारी दिनु भएको छ । उहाँका अनुसार पुंछ सेक्टर सीमामा हिजो बेलुका ६ बजे तिर गोलाबारी भएको हो । प्रवक्ताका अनुसार भारतीय सेनाले पनि जवाफमा गोली चलाएको थियो । पाकिस्तानद्धारा गरिएको संघर्ष विराम उल्लंघनले भारतीय पक्षलाई कुनै मानविय क्षति नभएको जानकारी दिनु भएको छ ।

आधिकारिक सूत्रका अनुसार पाकिस्तानी सेनाले शाहपुर र केरनीलाई मध्यनजर गरेर गोली चलाएको थियो । दुई पक्ष बिच भएको गोलाबारीले त्यहाँ भएका स्थानीयहरुमा भागदौड मच्चिएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...