मोदी र भाजपालाई अहिलेसम्मकै ठूलो धक्का : करोडौँ समर्थककी धनी सपना चौधरी कांग्रेसमा प्रवेश
भारतीय कला क्षेत्रमा चर्चित पहिचाहन बनाउँन सफल सपना चौधरी कांग्रेसमा प्रवेश गरेकी छिन् । हरियाणा राज्यमा जन्मिएकी चौधरीका लाखौ करोडौ सर्मथक रहेका छन् । भारतमा निर्वाचन नजिक आउँदैं गर्दा नयाँ पार्टीमा आउँने र जानेहरुको ठुलो लहर देखिएको छ ।
कलाकारिता क्षेत्रबाट राजनीतिमा जानेहरु सबैलाई फाप्छ भन्ने त हुदैन तर उनका सर्मथकहरुले शुभकामना तथा बधाई दिइरहेका छन् । उनलाई लोकसभा निर्वाचनमा टिकट दिने वा नदिने त्यस बारेमा जानकारी दिइएको छैन ।
पछिल्ला केही हप्ताहरुमा हेर्ने हो भने भारतीय कांग्रेसमा आउँनेहरुको ठुलो लहर देखिएको छ । भारतमा अहिले नयाँ नेतृत्व र सोच लिएर कांग्रेस आएको चर्चा भइरहेको छ । उनी कांग्रेस पार्टीमा प्रवेश गरेको एएनआईले जानकारी दिएको छ ।







