अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा तालाबन्दी



हाम्रो इकोनोमि

 

नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि  चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।

 

ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाए पछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन ।

 

समूहले पनि एक जना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ । दबाब समूहका महासचिव बास्तोलाले एक जना कर्मचारी भुलबस थुनिएको बताए । समूहको शान्तिपुर्ण आन्दोलनमा कसैलाई थुन्ने नियत नभएको उनको भनाई छ ।

 

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

 

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ ।

 

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

 

संघीय संसदको हिउँदे अधिवेशन आज अन्त्य हुँदै

 

संघीय संसदको हिउँदे अधिवेशन आज आइतबारबाट अन्त्य हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाएर हिउँदे अधिवेशन अन्त्य गरिंदैछ भने अहिले जारी राष्ट्रिय सभाको बैठक आजै अन्त्य हुनेछ।

 

पुस ११ देखि सुरु भएको हिउँदे अधिवेशनमा प्रतिनिधि सभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका छन्।

राष्ट्रिय सभातर्फ सात विधेयक दर्ता भई तीन वटा प्रमाणीकरण भएका छन्। प्रतिनिधि सभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रिय सभामा दर्ता भएका विधेयक मध्ये ४ विधेयक पारित हुन बाँकी रहेका संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...