मन्त्री उपेन्द्र यादवले दिए सरकारलाई यस्तो डरलाग्दो चेतावनी



हाम्रो इकोनोमि

 

अहिलेको सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीले फेरि पनि संविधान संसोधनको माग गर्नुभएको छ ।

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिनु भएको छ ।

हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले संविधान संशोधनकै लागि सत्तामा गएको समेत्त जानकारी दिनु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दैं उहाँले भन्नुभयो, “हामी सरकारमा गएको संविधान संशोधन गर्नकै लागि हो, जुनदिन हामीलाई विश्वास हुन्छ, अब संविधान संशोधन हुनेवाला जनताको हितमा काम हुनेवाला छैन ।

हाम्रा लागि सडक भन्ने कुरा अझै बाँकी छँदैछ, त्यो आदत चाहिँ छँदैछ ।”

उहाँको अर्को तर्फ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले संविधान संशोधनको विषयमा हस्ताक्षर समेत गरेको पनि बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...