छोरीसँगै एसईई परीक्षा हलमा सांसद शान्ता चौधरी, यस्तो हुँदैछ परीक्षा



हाम्रो इकोनोमि

 

आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विभिन्न क्षेत्रमा प्रतिष्ठि व्यक्तिहरुको सहभागित रहेको छ ।

यो बिचमा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी हुनुभएको छ ।

अहिले सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक समेत रहनु भएकी सांसद चौधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ ।

उहाँले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

उहाँले आज फेसबुकमा एक स्टाटस राख्दैं लेख्नु भएको छ, ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु ।

परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ ।

हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु ।’

तपाईलाई जानकारी गराउँ उहाँ तत्कालिन एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद हुनुभएको छ ।

उहाँकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई परिक्षा दिँदैछिन् ।

यसरी हेर्दा आमाछोरीको परिक्षा एकैं वर्ष पर्न गएको हो । ३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढ्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...