छोरीसँगै एसईई परीक्षा हलमा सांसद शान्ता चौधरी, यस्तो हुँदैछ परीक्षा
आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विभिन्न क्षेत्रमा प्रतिष्ठि व्यक्तिहरुको सहभागित रहेको छ ।
यो बिचमा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी हुनुभएको छ ।
अहिले सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक समेत रहनु भएकी सांसद चौधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ ।

उहाँले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
उहाँले आज फेसबुकमा एक स्टाटस राख्दैं लेख्नु भएको छ, ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु ।
परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ ।
हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु ।’
तपाईलाई जानकारी गराउँ उहाँ तत्कालिन एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद हुनुभएको छ ।
उहाँकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई परिक्षा दिँदैछिन् ।
यसरी हेर्दा आमाछोरीको परिक्षा एकैं वर्ष पर्न गएको हो । ३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढ्नु भएको छ ।


