अभिनेत्री करिश्मा मानन्धरलाई डा. भट्टराईले फोनमा के भने ?



हाम्रो इकोनोमि

 

आफ्नो पार्टीकी केन्द्रीय परिषद् सदस्य अभिनेत्री करिश्मा मानन्धरलाई आइतबार विहान संयोजक डा. बाबुराम भट्टराईले टेलिफोन गरी परिक्षा राम्रो गर्न शुभकामना दिएका छन् ।

 

राजनीतिक अभियान र फिल्मी क्षेत्रसहित विभिन्न सार्वजनिक कार्यक्रममा पनि नगई आइतबारदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसईई)को तयारी गरेकी उनलाई भट्टराईले सफल मान्छे बन्न उमेरले नछेक्ने पनि भनेका थिए ।करिश्मा डिल्लिबजारको विजय स्मारक मावि केन्द्रबाट परिक्षा दिइरहेकी छन् ।

 

उनले देशैभरका विद्यार्थी र सहपरिक्षार्थीलाई सफलताको शुभकामना दिएकी छन् ।

 

एसईई परिक्षा दिन यसरी पुगिन् करिश्मा मानन्धर

 

नेपाली चलचित्र क्षेत्रमा दशकौं राज गरेकी नायिका तथा नेतृ करिश्मा मानन्धर एसईईमा सहभागि हुनु भएको छ ।

आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी हुनु भएको हो ।

उहाँ विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चलाएरर परीक्षा केन्द्र पुग्नु भएको हो ।

४५ वर्षीया मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढ्नु भएको छ ।

नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिनु भएको छ ।

यो वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...