विशेष कारबाहीमा खटिएका दुई अमेरिकी सैनिकको अफगानिस्तानमा हत्या



हाम्रो इकोनोमि

 

अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो ।

 

अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ ।

 

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा छ जनाकोे मृत्यु भएको एक दिन पछि नै नेटो सेनामाथि आक्रमण भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायले पर्सियाली नयाँ वर्ष मनाइरहेका समयमा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते थिए ।

 

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट नेटोआवद्ध प्रायः सैनिक ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा आएको छ । सुरक्षाको जिम्मा अफगान सैनिकको काँधमा आएपछि अफगानिस्तानमा अमेरिकी सैनिक हताहत नाटकीय रुपमा कमी आएको थियो ।

 

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्शको लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतसँग भेटवार्ता र परामर्श गरिरहनुभएको छ । केही समय अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच विभिन्न चरणमा कतारमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...