विशेष कारबाहीमा खटिएका दुई अमेरिकी सैनिकको अफगानिस्तानमा हत्या



हाम्रो इकोनोमि

 

अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो ।

 

अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ ।

 

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा छ जनाकोे मृत्यु भएको एक दिन पछि नै नेटो सेनामाथि आक्रमण भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायले पर्सियाली नयाँ वर्ष मनाइरहेका समयमा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते थिए ।

 

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट नेटोआवद्ध प्रायः सैनिक ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा आएको छ । सुरक्षाको जिम्मा अफगान सैनिकको काँधमा आएपछि अफगानिस्तानमा अमेरिकी सैनिक हताहत नाटकीय रुपमा कमी आएको थियो ।

 

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्शको लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतसँग भेटवार्ता र परामर्श गरिरहनुभएको छ । केही समय अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच विभिन्न चरणमा कतारमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...