वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे



 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् ।

कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा अध्यक्ष विरुद्ध उजुरी परेपछि उनले बालविवाह गरेको खुलासा भएको हो ।

‘बालिका श्रीमती’सँग वडा अध्यक्ष राउत

वडामा भएका विभिन्न भ्रष्ट्राचारको विषयमा परेको उजुरीमा उनले बालिकासँग विवाह गरेको पनि खुलाइएको छ ।

उजुरी अनुसार २०५८ साल चैत्र २७ गते जन्मिएकी खोटाङकी एक बालिकासँग वडाध्यक्ष राउतले गएको साउन महिनामा विवाह गरेको हुन् । स्थानीय पञ्जिकाधिकारिको कार्यालयमा २०५९ चैत्र १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको परीक्षापत्रमा समेत २०५८ चैत्र २७ गतेकै जन्म मिति देखिएको छ ।

मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्षमूनीको विवाह गैर कानूनी हो । अझ बालिकासँग सहमतीमा नै शारीरिक सम्बन्ध भएपनि बलात्कार भएको ठहर हुने कानूनले व्यवस्था गरेको छ ।

बालविवाह स्वतः बदर हुने समेत देवानी संहिताले व्यवस्था गरेको छ । राउतले विवाह गर्दा देवानी संहिता कार्यान्वयनमा नआएपनि मुलुकी ऐनको व्यवस्था अनुसार नै विवाहको लागि तोकिएको उमेर २० वर्ष थियो ।

स्रोतका अनुसार वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको बेला बालिका १६ वर्ष ४ महिनाकी थिइन् ।

वडा अध्यक्ष राउत हलेसी तुवाचुङ नगरपालिकाको कानुनी मस्यौदा संयोजक समेत हुन् ।

मैले विवाह नै गरेको छैन : वडा अध्यक्ष राउत

महिला खबरलाई वडा अध्यक्ष राउतले विवाह गरेको तस्वीर समेत प्राप्त भएको छ । तर, वडा अध्यक्ष राउत भने आफूले विवाह नै नगरेको दाबी गर्छन् ।

‘म २९ वर्षको भएँ’ वडा अध्यक्ष राउतले महिला खबरसँग कुरा गर्दै भने, ‘मैले विवाह नै गरेको छैन । विपक्षीले मसँग प्रतिशोध लिन उजुरी गरेका होलान् ।’

बालविवाह नै भएको हो भने कारबाही हुन्छः मेयर राई

हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईे आफूलाई वडा नम्बर ६ का अध्यक्षले बालविवाह गरेकोबारे जानकारी नआएको बताउँछन् ।

‘मलाइ बाल विवाह भएको विषयमा कुनै जानकारी, उजुरी आएको छैन’ मेयर राईले भने, ‘बालविवाह नै भएको हो भने कानून बमोजिमको कारबाही हुन्छ ।’

यस्तो छ बाल विवाह गर्नेलाई कानुनी कारबाही

नेपालमा २०७५ भदौ १ गतेबाट मुलुकी ऐनलाई विस्थापित गरेर ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागु भएको छ ।

नयाँ मुलुकी संहिता अनुसार विवाहको उमेर महिला पुरुष दुबैको लागि २० वर्ष तोकेको छ । ऐन अनुसार बालविवाह भएको अवस्थामा बिवाह स्वतः बदर हुने कानूनी व्यवस्था छ ।

देवानी संहिता अनुसार २० भन्दा कम उमेरमा बिहे गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था रहेको छ भने विवाह स्वतः बदर हुनेछ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १