‘ए मेरो हजुर ३’को लोक गीतमा अनमोल र सुहानाको ठुम्का



हाम्रो इकोनोमि

 

फिल्म ‘ए मेरो हजुर ३’को ‘पराना’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा अनमोल केसी र सहाना थापाले ठुम्का लगाएका छन् ।

आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत तथा संगीत समायोजन रहेको छ । यो गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको मुख्य भुमिका रहको छ । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

सुहानाले आफ्नै होम प्रोडक्सनबाट निर्माण गरेको फिल्मबाट डेब्यु गरेकी छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ।

गीतको भिडियो हेर्नुस् :

 

 

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...