बलात्कारीलाई मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ : ज्योती मगर



 

 

चर्चित गायिका ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित मोडल पनि हुन् । उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले पनि हुन्छ । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्छन ।

 

दर्शकलाई मनोरन्जन चाहिएकाले आफुले दर्शकका लागि फरक किसिमले मनोरन्जन प्रदान गरिरहेको उनको बुझाई रहेको छ । हालै ज्योतीले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा धारणा राखेकी छिन् । ज्योतीले भनिन्, ‘बलात्कारको कारण त बलात्कार जसले गर्छ उनिहरुलाई सोध्नुस्, तर बलात्कार घटाउन के गर्ने ? त्यसको समाधान गर्ने एउटा उपाय मसँग पनि छ ।’

 

उनका अनुसार मन मिलेको खण्डमा जे गर्नुस्, तर मन मिल्दैन भने कसैलाई जर्बजस्ती गर्नुहुँदैन । ज्योतीले भनिन्, ‘यदि त्यसो गर्नुभयो भने प्रतिफल चाँडै मिल्नेछ ।’ उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख व्यक्त गरिन ।

 

‘बलात्कारपछि पीडक समाजमा खुलेआम हिड्छ अनि कसरी रोकिन्छन् घटना ? , भनिन्, ‘बलात्कारीले नै मेरो मान्छे नेतृत्वमा छ भन्दै हिड्छ र प्रशासन कार्यालयमा मिलाउने भन्दै हिडेपछि कसरी रोकिन्छ ?

 

उनले ज्योती मगर, रेखा थापा, तिर्सना बुढाथोकी या अरु कसैका कारण बलात्कार बढेको भन्नेहरुलाई गलित्तो प्रहार गरेकी छिन् । उनी थप्छिन्, ‘केहि पुरुषको गलत मानसिकताका कारण बलात्कारका घटना बढेका हुन् ।’ जतिसुकै लोकतन्त्र अथवा गणतन्त्र आएपनि कडा भन्दा कडा कानुन नभएसम्म यो समाधान नहुने उनले बताइन् ।

 

कानुन बलियो भयो भने बलात्कार आफै समाधान हुने उनको बुझाई रहेको छ । उनले भनिन्, ‘पुलिस कार्यालयमा पुगेको जघन्य अपराधको घटना समेत विभिन्न व्यक्ति र प्रलोभनमा मिल्छ भने यो राज्यबाट अरु के आशा राख्नु ?’

 

नेपालमा धेरै प्रकारका कानुनमा संसोधन भएपनि कहिल्यै बलात्कारीलाई दिने कानुनको विषयमा नेताहरुले संसोधन गरेका छैनन्, आक्रोशित हुँदै उनले थपिन्, ‘महिला हिंसा र खासगरी बलात्कारसँग सम्बन्धित मुद्दामा मिलापत्र गराउने प्रवृत्तिलाई कडा कानुन बनाएर निरुत्साहित गर्नुपपर्छ ।’ उनका अनुसार बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर्न नसके पनि लिंग काट्ने सजाय हुनुपर्ने उनको जिकिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १