बलात्कारीलाई मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ : ज्योती मगर



हाम्रो इकोनोमि

 

 

चर्चित गायिका ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित मोडल पनि हुन् । उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले पनि हुन्छ । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्छन ।

 

दर्शकलाई मनोरन्जन चाहिएकाले आफुले दर्शकका लागि फरक किसिमले मनोरन्जन प्रदान गरिरहेको उनको बुझाई रहेको छ । हालै ज्योतीले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा धारणा राखेकी छिन् । ज्योतीले भनिन्, ‘बलात्कारको कारण त बलात्कार जसले गर्छ उनिहरुलाई सोध्नुस्, तर बलात्कार घटाउन के गर्ने ? त्यसको समाधान गर्ने एउटा उपाय मसँग पनि छ ।’

 

उनका अनुसार मन मिलेको खण्डमा जे गर्नुस्, तर मन मिल्दैन भने कसैलाई जर्बजस्ती गर्नुहुँदैन । ज्योतीले भनिन्, ‘यदि त्यसो गर्नुभयो भने प्रतिफल चाँडै मिल्नेछ ।’ उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख व्यक्त गरिन ।

 

‘बलात्कारपछि पीडक समाजमा खुलेआम हिड्छ अनि कसरी रोकिन्छन् घटना ? , भनिन्, ‘बलात्कारीले नै मेरो मान्छे नेतृत्वमा छ भन्दै हिड्छ र प्रशासन कार्यालयमा मिलाउने भन्दै हिडेपछि कसरी रोकिन्छ ?

 

उनले ज्योती मगर, रेखा थापा, तिर्सना बुढाथोकी या अरु कसैका कारण बलात्कार बढेको भन्नेहरुलाई गलित्तो प्रहार गरेकी छिन् । उनी थप्छिन्, ‘केहि पुरुषको गलत मानसिकताका कारण बलात्कारका घटना बढेका हुन् ।’ जतिसुकै लोकतन्त्र अथवा गणतन्त्र आएपनि कडा भन्दा कडा कानुन नभएसम्म यो समाधान नहुने उनले बताइन् ।

 

कानुन बलियो भयो भने बलात्कार आफै समाधान हुने उनको बुझाई रहेको छ । उनले भनिन्, ‘पुलिस कार्यालयमा पुगेको जघन्य अपराधको घटना समेत विभिन्न व्यक्ति र प्रलोभनमा मिल्छ भने यो राज्यबाट अरु के आशा राख्नु ?’

 

नेपालमा धेरै प्रकारका कानुनमा संसोधन भएपनि कहिल्यै बलात्कारीलाई दिने कानुनको विषयमा नेताहरुले संसोधन गरेका छैनन्, आक्रोशित हुँदै उनले थपिन्, ‘महिला हिंसा र खासगरी बलात्कारसँग सम्बन्धित मुद्दामा मिलापत्र गराउने प्रवृत्तिलाई कडा कानुन बनाएर निरुत्साहित गर्नुपपर्छ ।’ उनका अनुसार बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर्न नसके पनि लिंग काट्ने सजाय हुनुपर्ने उनको जिकिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...