एकाबिहानै शक्तिशाली विष्फोट : ४४ को मृत्यु, ६४० गम्भीर घाइते, अहिलेसम्मकै ठूलो मानवीय क्षति
एका बिहानै भएको विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या ४४ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार एक केमिकल विस्फोटमा ४४ जना मारिएका छन भने ६४० जना गम्भिर घाइते भएका छन् ।

यो विस्फोट येनचंग शहरको तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ः३५ मा भएको हो । बम धमाकापछि फैक्ट्रीमा आगो फैलिएको थियो । यो फैक्ट्री उर्वरक औषधी बनाउँने कामका लागि प्रयोग हुँदै आएको थियो । उत्ता चीनको भूकम्प प्रशासनले विस्फोटको समयमा २.२ रेक्टर स्केलको भुकम्प पनि आएको जानकारी दिएको छ ।

चिनियाँ सरकारी टिभीका अनुसार फैक्ट्रीमा लागेको आगो आज मात्रै नियन्त्रणमा लिइएको छ । यो समाचार बीबीसी हिन्दीबाट लिइएको हो । प्रत्यक्षदर्शीको एक बयान अनुसार जिआंगसु प्रांतको यानचेंग शहरमा यो ठूलो बिस्फोट भएको हो । रसायनीक भण्डारमा भएको यो विस्फोटको कारण खुलेको छैन । अधिकारीहरुले यो विस्फोटको कारण बारे अनुशन्धान भइरहेको बताएका छन् ।

उक्त स्थानका सञ्चारकर्मीले खिचेको भिडियो र तस्विरमा विस्फोटपछि निक्कै ठूलो आगलागी भएको देखिन्छ । धुँवाको मुस्लो देखिन्छ । मिडियाका अनुसार घाईतेहरुमा औद्योगिक पार्क नजिकै केही बच्चापनि छन् ।


