व्यस्त सहरको ५ औ तलामा आगो लाग्यो : हाम फाल्दा २ जनाको मृत्यु, हेलिकोप्टरबाट ८ जनाको उद्धार



हाम्रो इकोनोमि

 

अचानक भवनमा लागेको आगोबाट निस्केर भाग्न खोज्दा दुई जनाको ज्यान गएको छ । कराची यूनिवर्सिटी रोडको छेउमा एक भवनमा आगो लागेको छ । त्यहाँबाट भाग्न खोज्दा दुई जनाको ज्यान गएको एसपी गुल्सनले जानकारी दिनुभयो ।

हाम फालेका दुई जना गम्भिर अवस्थामा रहेका थिए उनीहरुको उपचारको क्रममा ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।

 

एक महिला सहित आठ जनाको जलिरहेको भवनबाट उद्धार गरिएको थियो । जिन्ना अस्पताल प्रशासनका अनुसार पाँच घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

अर्का एक जनालाई स्थानीय अस्पतालमा उपचार गरिने भएको छ । दमकल विभागका अधिकारिहरुका अनुसार उक्त भवनको ५ र ६ तलामा आगो लागेको छ ।

उनीहरु पाँच तला माथिबाट हाम फालेका थिए । अहिले आगो पुर्ण नियन्त्रणमा आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँ भएका अन्य अधिकारीहरुका अनुसार चौथो तल्लामा रहेको बिजुली सट हुँदा आगलागी भएको हो ।

अधिकारिहरुले पाकिस्तान सेना र नौसेनाको हेलीकोप्टर पनि प्रयोग गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...