व्यस्त सहरको ५ औ तलामा आगो लाग्यो : हाम फाल्दा २ जनाको मृत्यु, हेलिकोप्टरबाट ८ जनाको उद्धार
अचानक भवनमा लागेको आगोबाट निस्केर भाग्न खोज्दा दुई जनाको ज्यान गएको छ । कराची यूनिवर्सिटी रोडको छेउमा एक भवनमा आगो लागेको छ । त्यहाँबाट भाग्न खोज्दा दुई जनाको ज्यान गएको एसपी गुल्सनले जानकारी दिनुभयो ।
हाम फालेका दुई जना गम्भिर अवस्थामा रहेका थिए उनीहरुको उपचारको क्रममा ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।
एक महिला सहित आठ जनाको जलिरहेको भवनबाट उद्धार गरिएको थियो । जिन्ना अस्पताल प्रशासनका अनुसार पाँच घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

अर्का एक जनालाई स्थानीय अस्पतालमा उपचार गरिने भएको छ । दमकल विभागका अधिकारिहरुका अनुसार उक्त भवनको ५ र ६ तलामा आगो लागेको छ ।
उनीहरु पाँच तला माथिबाट हाम फालेका थिए । अहिले आगो पुर्ण नियन्त्रणमा आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यहाँ भएका अन्य अधिकारीहरुका अनुसार चौथो तल्लामा रहेको बिजुली सट हुँदा आगलागी भएको हो ।
अधिकारिहरुले पाकिस्तान सेना र नौसेनाको हेलीकोप्टर पनि प्रयोग गरेको जानकारी दिएका छन् ।


