यस्तो सम्झौताको प्रस्ताव बोकेर मलेशियाका प्रधानमन्त्री पाकिस्तान उडेपछि भारत आत्तियो



हाम्रो इकोनोमि

 

पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएपछि पहिलोपटक मलेशियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मद पाकिस्तान भ्रमणमा आउँनु हुने भएको छ । उहाँ तीन दिने भ्रमणका लागि आजै पाकिस्तान आउँनु हुने भएको जीयो न्युजले जानकारी दिएको छ । उहाँले त्यतातर्फ प्रस्थान गर्नका लागि विशेष विमानबाट उडान भरिसक्नुभएको बताइएको छ ।

 

उहाँ प्रधानमन्त्री खानको औपचारिक निमन्त्रणामा इस्लामाबाद आउँन लाग्नु भएको हो । मलेशियाका प्रधानमन्त्रीसँग एक जम्बो टोली पाकिस्तान आउँने भएको छ । यो भनिएको छ कि प्रधानमन्त्रीसँग आउँनेहरु धेरै व्यवसायि रहेका छन् । मलेशियाका मोहम्मदले पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीसँग भेट गर्नुहुने भएको छ । त्यस्तै प्रधानमन्त्री खानसँग पनि वार्ता हुने र प्रतिनिधिमण्डल स्तरको वार्ता सुरु हुने जानकारी दिइएको छ ।

 

पाकिस्तान अहिले वैदेशिक लगानीको वातावरण तयारी गरिरहेको अवस्थामा पाकिस्तान र मलेशियाबिच भएको व्यापारिक सम्बन्धको पनि चर्चा हुने भएको छ । मलेसियाले कुन क्षेत्रमा लगानी गर्न चाहान्छ र खान सरकारको नीती के छ यसका बारेमा पनि चर्चा हुने भएको हो । विशेष स्रोतका अनुसार मलेसिया पाकिस्तानमा अटो मोबाइल र दुर सञ्चार क्षेत्रमा ठुलो लगानी गर्न चाहन्छ ।

 

दुई देशबीचको सम्बन्धको चर्चा गर्दै व्यपार, विज्ञान तथा प्रविधि र रक्षा क्षेत्रका विषयमा पनि चर्चा हुने जनाइएको छ । तपाईलाई जानकारी गराउँ मलेसियामा नेपालीहरुजस्तै पाकिस्तानी नागरिक पनि काम गर्दै आएका छन् । मलेसियामा पाकिस्तानी कामदारको अवस्थाका बारेमा पनि छलफल हुने जानकारी दिइएको छ ।

 

योसँगै द्धन्द्ध र आतंकवादका सम्बन्धमापनि मिलेर अघि बढ्ने प्रस्ताव दुई देशबीच चलिरहेको छ । भारतले पाकिस्तानलाई एक्ल्याउन विश्वभरी अपिल गरेपनि पाकिस्तान झनै बलियो बन्दै आएको छ । शक्ति राष्ट्रहरुको दर्विलो साथ हात पारिरहेको छ । यसले भारतको चिन्ता बढ्दै गएको छ । पाकिस्तानमा इमरान आएपनि भएको प्रगती र अवस्था देखेर भारतमा राजनीतिक हलचल आइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...