अचानक भएको आक्रमणमा मर्नेहरुको संख्या ३९ पुग्यो !



हाम्रो इकोनोमि

 

अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् । अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ । मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ ।

श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन् । अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो । आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु आठ जना घाइते भएको सरकारी सेनाका एक जना प्रवक्ता हानिफ रेजैले जानकारी दिए ।

 

यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राती आक्रमण गरेका थिए । आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु दश जना घाइते भएका थिए । सोही घटनाको जवाफी कारबाही स्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो । सिन्हवा

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...