अचानक भएको आक्रमणमा मर्नेहरुको संख्या ३९ पुग्यो !



हाम्रो इकोनोमि

 

अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् । अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ । मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ ।

श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन् । अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो । आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु आठ जना घाइते भएको सरकारी सेनाका एक जना प्रवक्ता हानिफ रेजैले जानकारी दिए ।

 

यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राती आक्रमण गरेका थिए । आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु दश जना घाइते भएका थिए । सोही घटनाको जवाफी कारबाही स्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो । सिन्हवा

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...