शिक्षिका आमाले आफ्नै छोरामाथि यौनहिंसा गर्दै भिडियो बनाएपछि



 

एक आमाले आफ्नौ सन्तानमाथि यौन हिंसा गर्छ भन्ने कसैले पत्याउन सक्दैन र यस्तो सोच्न पनि सकिंदैन ।

 

तर, संसारमा सबै मानिस एकै खालका छैनन् र हुँदैनन् पनि । यसैले त एक आमाले आफ्नै छोरामाथि यौन हिंसा गर्दै भिडियो समेत बनाएकी छन् । अमेरिकाको प्राथमिक विद्यालयकी शिक्षिकाले आफ्नै सन्तानको यौनहिंसा गरेर भिडियो खिचेको र त्यसलाई तत्कालीन प्रेमीलाई पठाएको आरोप लागेको छ ।

 

औद्रा म्याबेल, ३४, मिचिगनकी किन्डरगार्टेनकी शिक्षिका हुन् । उनले जस्टिन रिचीलाई यौनजन्य भिडियो पठाएको आरोप लागेको हो । जस्टिनको कम्प्युटरमा उनको अस्लिल भिडियो देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

 

अमेरिकाको फ्लोरिडाको जिल्ला अदालतमा मुद्दाअनुसार रिचीले आफ्नी छोरीलाई यौन हिंसा गरेको आरोप लागेपछि उनको ल्यापटप खोसिएको थियो । म्याबेलले रिचीलाई ११ वटा भिडियो पठाएको आरोप लागेको छ । तीमध्ये एकमा उनले आफ्ना एक वर्षे छोरालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेकी छिन् ।

 

अर्को भिडियोमा म्याबेलले आफूलाई क्यामराको अगाडि एक्सपोज गर्छिन् र ब्याक क्यामरामा विद्यार्थीले खचाखच भरिएको कक्षाकोठा देखाउँछिन्, डेट्रोइट फ्रि प्रेसले बतायो । स्रोतका अनुसार दुईले यौन आनन्द प्राप्त गर्नका लागि आफ्ना यस्ता भिडियो आदनप्रदान गर्ने गरेका थिए ।

 

म्याबेलले सन् २०१६ को नोभेम्बरदेखि सन् २०१७ जुनसम्म लेयन्स स्कूलमा पढाइन् । त्यसपछि उनी फ्लोरिडास्थित आफ्नो घर फर्किइन् । रिची र म्याबेल दुबै प्रहरी हिरासतमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १