मुकेश अम्बानीले तिरिदिए भाइको ऋण, जेलबाट जोगिए अनिल



हाम्रो इकोनोमि

 

भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन्। यससँगै अनिल जेल जानबाट बचेका छन्।

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबार सम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो ।

तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो ।

अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै

दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ। यसले हाम्रो परिवारको बलियो मूल्य- मान्यतालाई दर्शाउँछ ।

जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’

एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रति द्वन्द्वी जस्ता देखिएका थिए ।

अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं ।

यो सहयोगका लागि हृदय देखि आभार ।’ तर पछिल्लो समय अनिलको व्यापार खस्किँदै गएको थियो भने मुकेशको व्यापार फैलिरहेको छ।

गत वर्षमात्र उनले १० अर्ब डलर सम्पत्ति थपेको ब्लुमवर्गले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...