रेलको लिकमा बसेर पब्जी खेल्दै गरेका दुई जनाको रेलले किचेर मृत्यु
भारतको महाराष्ट्रमा पर्ने हिंगोलीमा ट्रेनले किचेर दुई युवकको मृत्यु भएको छ ।
उनीहरु दुवै जना शनिबार साझ रेलको लिकमा उभिएर पब्जि खेलीरहेका थिए ।
त्यसै बेला रेलले किचेर उनीहरुकाे मृत्यु भएकाे बताइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार नागेश गोरे २४ वर्षका र स्वप्निल अन्नापूर्ण २२ वर्षकाको मृत्यु भएको हो ।
पब्जि खेल्दा खेल्दै रेलको आवाजसमेत नसुनेपछि उनीहरुलाई हैदराबाद-अजमेर एक्सप्रेस किचेको हो ।
भारतीय प्रहरीले शवलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


