नेपालसंग घनिष्ठ साईनो रहेका यी हुन बलिउडका ५ सेलिब्रेटीहरु, जानौ ती सेल्रिबेटीका बारे



 

 

बलिउडप्रतिको लगाव नेपालमा पनि निकै छ । नेपाली चलचित्र , गीत संगित होस या दर्शकहरु नै बलिउडप्रति आर्कषित छ नै । त्यही बलिउडमा भने यस्ता धेरै सेलिब्रेटीहरु छन् जसको नेपालसंग कुनै न कुनै रुपमा लिंक या भनौ सम्बन्ध रहेको छ । आउनुस जानौ ती सेल्रिबेटीका बारेमा :

 

माला सिन्हा : बलिउडकी कुनै समयकी चर्चित नायिका माला सिन्हा नेपाली हुन भन्ने त धेरैलाई नै थाहा छ । उनको बुवा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

 

गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दा नेपालका ज्वाई हुन् । उनले नेपाली मधेशी मुलकी सुनितासंग बिवाह गरेका हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसंग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।उनले भारतको नेशनल टेलिभिजनमा बिभिन्न शोहरुमा भाग लिन गएका नेपालीहरुको पक्षमा बोल्दै नेपाल आफनो ससुराली हो भन्न कत्ति हिच्किचाउँदैनन् ।

 

भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहको रगतमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुवा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसंग गहिरो सम्बन्ध भएको बताउने गर्छिन् ।

 

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुवा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।

 

श्रृति झा – टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौ बसेकी थिईन् ।बिहारमा जन्मिएकी श्रृतिले काठमाडौमा रहेको मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसंग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १