९ मिनेटमा ६ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड कायम, ४ छोरा, २ छोरी



हाम्रो इकोनोमि

 

अमेरिकाको टेक्सासकी एक महिलाले ६ वटा बच्चालाई ९ मिनेटको बीचमा जन्म दिएर नयाँ रेकर्ड राखेकी छन् ।

थेल्मा चियाका नामकी ती महिलाले गएको शुक्रबार ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ ।

बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा उनले जन्म दिएकी हुन् । सो कुरा वुमन्स हस्पिटल टेक्सासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ । उनले सोही अस्पतालमा बच्चाहरुलाई जन्म दिएकी थिइन् ।

बच्चाहरुको तौल १ पाउण्ड १२ औंसदेखि २ पाउण्ड १४ औंससम्म रहेको छ ।

सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ ।

याहुका अनुसार यसप्रकारको अवस्था ४ दशमलब ७ बिलियनमा १ जनालाई हुने गरेको छ ।

चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...