९ मिनेटमा ६ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड कायम, ४ छोरा, २ छोरी



हाम्रो इकोनोमि

 

अमेरिकाको टेक्सासकी एक महिलाले ६ वटा बच्चालाई ९ मिनेटको बीचमा जन्म दिएर नयाँ रेकर्ड राखेकी छन् ।

थेल्मा चियाका नामकी ती महिलाले गएको शुक्रबार ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ ।

बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा उनले जन्म दिएकी हुन् । सो कुरा वुमन्स हस्पिटल टेक्सासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ । उनले सोही अस्पतालमा बच्चाहरुलाई जन्म दिएकी थिइन् ।

बच्चाहरुको तौल १ पाउण्ड १२ औंसदेखि २ पाउण्ड १४ औंससम्म रहेको छ ।

सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ ।

याहुका अनुसार यसप्रकारको अवस्था ४ दशमलब ७ बिलियनमा १ जनालाई हुने गरेको छ ।

चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...