यस्तो सम्म पत्ता लगाय बैज्ञानिकले.. अब बटन थिच्नुस यौनसम्पर्क गर्नुस अनि ढुक्क हुनुहोस



हाम्रो इकोनोमि

 

गर्भनिरोधका लागि बनाइएका नयाँ नयाँ साधन तथा औषधिहरुलाई माथ दिने गरी जर्मनीका एक बैज्ञानिकले नयाँ प्रविधिको आविस्कार गरेका छन् ।

 

जुन प्रविधि यस्तो छ कि ‘स्वीज अफ’ गरेपछि शुक्रकिट बहननै अवरुद्ध हुन्छ । जव ‘स्वीज अन’ हुन्छ शुक्रकिट पहिले जस्तै यथास्थितिमा बहन सुरु हुन्छ । जर्मनीका बैज्ञानिक क्लिमेन्स विमेकले बनाएको ‘विमेक एसएलभी’ नामक यन्त्रले स्वीज दवाउदा ‘भास डिफरेन्स'( शुक्रबाहिनी नलि) बन्द गरिदिन्छ ।

 

जसका कारण शुक्रकिटको बहन नै हुदैन । जब ‘स्वीज अन, हुन्छ , शुक्रकिटको बहन यथास्थितिमा देखिन्छ । बैज्ञानिक विमेकले यो यन्त्रलाई गर्भनिरोधक यन्त्र समेत भनेका छन् । उनले जन्मान्तरका लागि गरिने स्थायी वा अस्थायी बन्ध्याकरणको विकल्पको रुपमा यो मेसिन ल्याइएको बताएका छन् ।

 

विमेक आफैले पनि यो यन्त्रको पुरानो स्वरुप सन् २००९ देखी प्रयोग र परीक्षण गरिरहेका थिए । सन २००९ देखी यताको ६ बर्षसम्म उनले यो यन्त्रलाई परिमार्जन समेत गर्दै आएका छन् । पुरुषको अण्डकोषको थैली भित्र छिराउन सकिने सानो आकारमा रहेको यो यन्त्र पिक अप्टिमा भनिने एक प्रकारको पोलिमरबाट बनाइएको हो । यो यन्त्र १.८ सेन्टिमिटर लामो र दुई ग्राम तौल भएको बताइएको छ ।

 

अण्डकोषमा यो यन्त्र हाल्न करीब ३० मिनेट लामो सर्जरी गर्नुपर्ने हुन्छ । र दुई तीन दिनमै सामान्य अवस्थामा आउछ । विमेकका अनुसार स्वीज अफ गरी यौनसम्पर्क गर्दा हुने आनन्दमा कुनै कमी हुदैन मात्रै मार्टनरमा शुक्रकिट प्रवेश गर्दैन । त्यसकारण यसलाई गर्भनिरोधक मेसिनको उपमा दिइएको हो ।

 

यो यन्त्र प्रयोग गर्दा उनको शुक्रकिटको संख्या नघटेको उनी आफै बताउछन् । विमेक भन्छन् , ‘यो यन्त्र प्रयोग गर्दा ममा कुनै स्वास्थ्य समस्या देखिएको छैन । यो अण्डकोषमा झुण्डाउदा यो बोकेको आभास समेत हुदैन । र म यो मेसिन जिन्दगीभर प्रयोग गर्नेछु ।’ बजारमा यो यन्त्र ल्याउनु अगाडी विभिन्न तहको परीक्षण गर्नुपर्ने हुन्छ ।

त्यसैले अहिले विमेक र उनका सहयोगी यस्ता युवाको खोजीमा छन् । जो यो परीक्षणका लागि राजी हुन्छन् । यद्धपी उनले यहि बर्ष २५ जनामा यो यन्त्रको परीक्षण गर्ने तयारी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...