फिल्मीकर्मीको भविष्य बताउने हरिहर ‘शुभ लभ’बाट आफ्नै भविष्य खोज्दै



 

यूवा उमेरमै डिजिटल माध्यमबाट धेरैको चिना हेरेर हरिहर अधिकारीले भविष्य बताए, वर्तमान केलाए र भूतकाल ठम्याए । यसैले त उनले कम उमेरमै विश्वमा आफ्नो नाम ज्योतिष क्षेत्रमा चिनाएका छन् । हरिहरको अफिसमा चलचित्रको कथा लेख्न थालेदेखि रिलिजसम्म चलचित्रकर्मी पुग्छन् । उनले नै भनेर धेरै कलाकारको हातमा विभिन्न खालका औठीले भरिएका छन् । अझ भनौ, हरिहर चलचित्रकर्मीका लागि आशाको केन्द्रमा छन् ।

 

अब, उनै हरिहर आफ्नो भविष्यको फैसला गर्ने कुर्सीमा बसेका छन् । अझ भनौ, धेरै चलचित्रकर्मीको चलचित्र हिट वा फ्लपदेखि नाम के राख्नेसम्मको साइत र अक्षर जुराइदिने हरिहरले यसपटक आफ्नै लागि एउटा नाम जुराएका छन्, ‘शुभ लभ’ ।

 

चैत्रको १५ गतेदेखि रिलिज हुन लागेको यो चलचित्र हरिहरका लागि विशेष छ । किनकी, धेरैले पत्याएका उनलाई आफू सफल हुन आवश्यक छ । आफू सफल हुँदा उनको ज्योषित शास्त्रमा विश्वास गर्ने पनि बढ्छन् होला, नत्र विश्वास गरेकाहरुको आशा कमजोर हुन्छ । किनकी, अरुको चलचित्रको हरेक कुरा भनिदिने हरिहरले पक्कै पनि कमजोर नाम र कथा रोजेनन् होला ।

 

सन्तोष बाबु लोहनीको निर्देशनमा बनेको यो चलचित्रबाट नै हरिहरले नायकको रुपमा चलचित्रमा डेब्यु गर्न लागेका हुन् । हरिहरसँगै यस चलचित्रबाट कृष्टिन पौडेलले पनि चलचित्र क्षेत्रमा पाइला टेकेकी छिन् । श्री प्रदिपकुमार उदयको प्रस्तुतीमा तयार भएको चलचित्रमा धर्मराज सुवेदीको लगानी छ ।

 

पत्रकारसँग रमाइलो गर्दै हरिहरले भने–‘चलचित्रको विषयबस्तु नै ज्योतिषसँग सम्बन्धित छ । यस्तो विषयमा अहिलेसम्म चलचित्र बनेको मलाई थाहा छैन । यसैले पनि चलचित्रलाई लिएर म उत्साहित छु ।’ जो सुकै कलाकारलाई पनि आफ्नो चलचित्र रिलिजको समयमा डर वा उत्साह हुनु स्वभाविक नै हो । यसै चलचित्रबाट डेब्यु गरेकी कृष्टिन पनि चलचित्रलाई लिएर निकै आशावादी छिन् ।

 

‘चलचित्रमा हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौँ । सायद यसलाई दर्शकले स्विकार्नुहुन्छ होला ।’ कृष्टिन सुनिइन् । यो चलचित्रको कथा पनि हरिहर अधिकारीकै हो । उनी भन्छन्–‘मैले चिना वा हात हेर्दा धेरै जनाको धेरै कथाहरु सुनेको थिएँ । हरेक मान्छेसँग फरक फरक कथा भेट्थेँ । त्यही समय नै मलाई यस्तो विषयमा चलचित्र बन्यो भने कस्तो होला भन्ने मनमा थियो ।’

 

निर्देशक सन्तोष बाबु लोहनी पनि चलचित्रको विषयबस्तु विल्कुलै फरक भएको दावी गर्छन् । ‘मैले धेरै चलचित्रहरु हेरेको हुन्छु । तर, यस्तो कथाबस्तु कुनै चलचित्रमा देखेको छैन’, उनले भने, ‘कथाबस्तु एकदमै मन परेपछि चलचित्र निर्माणको आँट गरे ।’

 

यो चलचित्रको व्यापारले आफ्नो ज्योतिष करिअरमा कुनै असर नगर्ने समेत हरिहरले बताए । ‘मैले लगभग ६ महिना अफिस बन्द गर्नुपर्यो । चिना तथा हात हेर्ने काम पूर्ण रुपमा नै रोके’, हरिहर भन्छन्, ‘अब भने मैले पुनः काम सुरु गरेको छु । यो चलचित्र ज्योतिषकै कथामा भएका कारण मेरो प्रोफेसनमा कुनै असर पर्दैन ।’

 

ज्योतिष क्षेत्रमा चिनिएको नाम हरिहरले सुटिङको दैरानमा भने आफूलाई ज्योतिष हुँ भन्ने नै विर्सिएका थिए । उनी भन्छन्, ‘सुटिङ सेटमा मैले कहिल्यै आफूलाई ज्योतिष हुँ भन्ने फिल गरिन् । म त्यहाँ पूर्ण रुपमा स्ट्रगल गर्न गएको नयाँ कलाकार भएको थिए ।’

 

के अब चलचित्रमा काम गरिरहनु हुन्छ वा ज्योतिष काममा नै फर्किनुहुन्छ ? पत्रकारको यो प्रश्नमा उनले भने, ‘म खास चलचित्र खेल्छु भनेर आएको होइन । राम्रो अफर आयो भने सोच्नुपर्ला । तर, ज्योतिषी पेशा त छाड्ने कुरा नै आउँदैन नी ।’

 

नायिका कृष्टिन भने निरन्तर चलचित्र क्षेत्रमा रहेर काम गर्ने मनशायमा छिन् । उनले भनिन्, ‘यही क्षेत्रमा बसेर केही गर्छु भन्ने सोच बोकेर आएको छु । निरन्तर रुपमा नै काम गरिरहने छु ।’ चलचित्रको व्यापारले तपाईको करिअरमा फरक पार्छ कि पर्दैन ?’ हरिहर माथि अर्को प्रश्न तेर्सियो । उनले सजिलै ‘पर्दैन’ भन्ने उत्तर दिए । हरिहरको कुरालाई विश्लेषण गर्दै चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदयले भने, ‘कलाकार र व्यापार भन्ने चिजमा कुनै कनेक्सन हुँुदैन । कलाकारको काम अभिनय गर्ने हो । राम्रो काम गरे भने उनीहरु सफल हुन् ।’

 

‘शुभ लभ’मा हरिहर र कृष्टिनसँगै राजाराम पौडेल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रदिप बास्तोला, राजा राजेन्द्र पोखरेल लगयायतको मुख्य भूमिका छ । अभिमन्यु निरवीले लेखेको यो चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने