कंगोमा रेल दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते, ज्यान गुमाउने अधिकांश बालबालिका



हाम्रो इकोनोमि

 

कंगोमा रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । मालाहक रेल दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार उक्त रेल दुर्घटना भएको प्रहरीलाई उद्गृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेना लाकास्थित प्रहरीले एएफपीलाई जनाए अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

घटनापछि उद्धारका लागि प्रहरी जुटेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । प्रहरीले ३१ जनालाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्‍याएको जनाएको छ । मिडियाका अनुसार एक महिनाको आसपासको अवधिमा यो तेस्रो रेल दुर्घटना हो । कंगोमा असुरक्षित लिकका कारण रेलको यात्रा असुरक्षित मानिन्छ । यसअघि पनि धेरै पटक रेल दुर्घटना भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...