यस्ता ६ सेलिब्रिटी जोडी जसको इन्गेजमेन्ट त भयो तर विवाह भएन



हाम्रो इकोनोमि

 

एजेन्सी-प्रेममा पर्दाको अनुभव निकै उत्कृष्ट हुन्छ । मानिसहरु प्रेममा पर्छन् । कतिको प्रेम वैवाहिक सम्बन्धमा परिणत हुन्छन् भने कतिको बीचमा नै टुङ्गिन्छ । हामीले यस्ता घटना बलिउडमा बारम्बार देखेका छौं । बलिउडमा यस्ता केही जोडी छन् जसको इन्गेजमेन्ट त भयो तर विवाह हुन सकेन । ती को हुन्, यसबारे जानकारी लिऔं ।

 

१. अभिषेक बच्चन र करिष्मा कपुरःअभिषेक र करिष्माको जोडी बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी थियो । अमिताभ बच्चनको ६० औं जन्मदिवसमा यी दुईको इन्गेजमेन्ट भएको थियो । पछि जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् ।

 

२. अक्षय कुमार र रविना टन्डनः९० को दशकमा रविना र अक्षय बलिउडको ‘टक अफ द टाउन’ थिए । एक अन्तर्वार्तामा रविनाले एक मन्दिरमा आफूले अक्षय कुमारसँग गोप्य रुपमा इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन् । तर अक्षयले रविनालाई धोका दिएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन पाएन । पछि यी दुईले आफ्नो सम्बन्ध तोड्दै अलग बाटो रोजे ।

 

३. सलमान खान र संगीता बिजलानीःसन् १९९४ मा सलमान संगीता बिजलानीसँगको सम्बन्धका कारण चर्चामा थिए । साथै, यी दुईको विवाहको कार्डसमेत छापिइसकेको बताइएको थियो । सबै कुरा मिलिसकेको थियो तर अन्तिम अवस्थामा उनीहरुको विवाह तोडियो । सोमी अलीसँगको सम्बन्धका कारण संगीताले सलमानसँगको सम्बन्ध तोडिन् । अहिलेसम्म सलमान अविवाहित नै छन् ।

 

४. करिष्मा तन्ना र उपेन पटेलःयी दुई बिग बस कार्यक्रममा नजिकिए । पछि उपेनले करिष्मालाई नच बलिएको सेटमा प्रपोज गरे । यी दुईले एक रियालिटी शोमा इन्गेजमेन्ट गरे र नीजि कारण देखाउँदै दुईले सम्बन्धविच्छेद भएको जानकारी दिए ।

 

५. विवेक ओबरोई र गुरप्रित गिलःसन् २००० मा विवेकले फिल्मी क्षेत्रमा प्रवेश अघि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे । त्यसको केही समयपछि यी दुई छुट्टिए । पछि विवेकले ऐश्वर्या राय बच्चनसँग डेट गरे । उनले सन् २०१५ मा प्रियंका अल्भासँग विवाह गरे ।

 

६. साजिद खान र गौहर खानःसन् २००३ मा फिल्म निर्माता साजिद दान र मोडल–नायिका गौहर खानले इन्गेजमेन्ट गरे तर उनीहरुको यसलाई कहिले सार्वजनिक गरेनन् । यी दुईले केही नीजि कारण देखाउँदै इन्गेजमेन्ट तोडेको बताए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...