एसईईको तयारीमा करिश्मा, दैनिक १६ घण्टा पढेर बिताउछिन्



हाम्रो इकोनोमि

अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसईईको फाईनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन बाँकी छ । त्यसैले परीक्षालाई लक्षित गरेर अहिले आफुले दैनिक १६ घन्टासम्म पढ्ने गरेकी छिन् ।

करिश्माले स्कुल पढ्न थालेको चार वर्ष भयो । ७२ सालमा कक्षा सातमा भर्ना भएर स्कुले अध्ययन सुरु गरेकी करिश्मा अहिले १० कक्षाकी विधार्थी हुन् । यतीबेला उनको लक्ष्य भनेकै यस पटकको एसईईमा बिशिष्ट श्रेणी ल्याउनु हो ।यही १० चैतबाट यो वर्षको एसईई परीक्षा सुरु हुँदैछ ।

 

परीक्षाको रुटिन आएपछि आफ्नो ब्यस्तता अझ बढेको उनले बताईन् । स्कुल भर्ना भएपछि अभिनेत्री करिश्माले फिल्ममा समय दिन सकिनन् । सोही कारण उनी पछिल्लो समय तीन वर्ष यताबाट फिल्म अभिनयमा भन्दा स्कुल अध्ययनमा व्यस्त रहिन् ।

 

यो वर्ष उनले एउटा मात्र चलचित्रको गीतमा नृत्य गरिन् । आगामी ३ जेठमा रिलिज हुने चलचित्र जात्रै जात्राको गीत माया पिरिममा…मा उनले नृत्य गरिन् । आईतबार काठमाडौंमा एक समारोहबीच यो गीतको रिलिज कार्यक्रममा अभिनेत्री करिश्माले भनिन्,‘मलाई थुप्रै फिल्मबाट अभिनयको लागि बिगत झैं यो वर्ष पनि प्रस्ताव आएको थियो तर यो वर्ष नै एसईई परेकाले फिल्ममा काम गरिन् ।’

 

यो गीत निकै कर्णप्रिय बनेको र पढाईबाट आफु एक दिन भए पनि फुर्सद रहन जात्रै जात्राको यो गीतमा अभिनय गरेको पनि करिश्माले प्रकाश पारिन् ।परीक्षाको लागि उनले अँग्रेजी, बिज्ञान, गणित बिषयको अहिले बढी तयारी गरिरहेकी छिन् । नेपाली लगायतका बाँकी बिषयको तयारी पनि आफुले पूर्ण रुपमा गरिरहेको पनि अभिनेत्री करिश्माले बताईन् ।

 

यी अभिनेत्रीले हरेक वर्ष फागु पूर्णिमाको दिन आफ्नो घरमा चलचित्रकर्मीहरुलाई बोलाएर होलीको कार्यक्रम राख्दै आएकी थिईन् । तर यस पटक १० चैतबाट एसईईको परीक्षा परेको र ६ गते होली रहेकाले परीक्षाको तयारी पुरा गर्न होलीको कार्यक्रम नराखेको बताईन् । मेरो एसईईको परीक्षा सकिएपछि यो होलीको सट्टा बैशाखमा चलचित्रकर्मीलाई बोलाएर बनभोज कार्यक्रम राख्ने तयारी गर्दैछु ।

 

एसईईपछि पढाईलाई निरन्तरता दिँदै उच्च शिक्षा हाँसिल गर्ने लक्ष्य लिएकी करिश्माले आफुसँगै एसईई दिने विधार्थीहरुलाई राम्रो तयारीका साथ यस पटकको परीक्षा दिएर सफल हौं भन्ने अनुरोध गरेकी छिन् । जीवनको आफ्नो पहिलो एसईई परीक्षा भएकाले आफुले पनि पुरा तयारी गरेर निर्धक्कसँग यो परीक्षा दिन लागेको पनि करिश्माले बताईन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...