मलेशीयामा नेपाली यौनकर्मी , बिचौलियाले यसरी गर्छन् डिल



हाम्रो इकोनोमि

 

घरेलु कामदारलगायत कम्पनीको कामका लागि पुगेका कतिपय नेपाली युवतीले मलेशीयामा यौन कर्म पनि गरिरहेको खुलेको छ ।
मनग्गे आम्दानीका लागि उनीहरू यौन कर्ममा राजीखुशीले लाग्ने छन् भने बिचौलिया महिलाले इन्डोनेशीयन, भियतनामी, भारतीयलगायतलाई पनि सम्पर्कमा ल्याउने गरेको खुलेको छ ।

 

बिचौलियाका रूपमा त्यहाँ कामदार ओसारपसार गर्ने नेपाली सवारीचालकलगायत हुन्छन् भने युवतीलाई सम्पर्कमा ल्याउने एउटा गिरोह नै सक्रिय रहेको बताइन्छ । मलेशीया प्रशासनको आँखा छलेर नेपालीको गिरोह यसरी यौन कर्म गराउने र गर्ने काममा सक्रिय रहेका तथ्यहरू फेला परेका हुन् ।

 

मलेशीया यौनका विषयमा खुला रहेका कारण नेपाली दलाल र विचौलियाले कामदार र त्यहाँ पुग्ने अन्य नेपालीका लागि युवतीको व्यवस्था गर्दै आएका छन् ।

 

विमानस्थलमा उत्रिनासाथ यौनको प्रस्तावमा ट्याक्सी चालक नेपालीले बिचौलिया महिलालाई टेलिफोन गरी कस्ता–कस्ता युवती छन् र तिनले कस्तो सुविधा दिन्छन् भनेर बुझ्ने गर्छन् । ग्राहक फेला परेको खण्डमा नेपालीसहित भारतीय, पाकिस्तानीलाई पनि सम्पर्कमा ल्याउने गरेको खुलेको हो ।

 

यस्तो डिलको अडियो संवाद कतिपय युट्युव च्यानलमा पनि भेटिन्छन् । जसमा हाकाहाकी युवतीहरूले दिने सेवा र लिने दररेटका विषयमा कुराकानी भएका छन् । उक्त संवाद अधिक भल्गर र सुन्न नसकिने भएका कारण यहाँ प्रस्तुत गर्न सकिएन । जसका रेकर्ड सुरक्षित राखिएको छ ।

 

नेपाली युवतीले एक पटक, दुई पटक वा पुरा एक रातसम्मको दररेट उक्त संवादमा बिचौलिया युवतीले खुलाएकी छन् । ३० देखि १५० मलेशीयन रिंगेट दररेट सुनाइएको छ भने पुरा रातको सेवा शुल्क ३०० रिंगेटसम्म लिने गरेको संवादमा खुलाइएको छ ।

यस्तो यौन कर्म विमानस्थल वरपर रहेका मलेशीयाका होटल, युवतीका बासस्थान र खास ठाउँमा समेत हुने गरेको बताइन्छ ।

 

कसरी पुग्छन् नेपाली युवती ?
यौन कर्ममा लाग्ने र लगाउनेहरू नेपाली बाटो नभई भारतको नयाँ दिल्लीबाट मलेशीया पुग्ने गरेका छन् । कतिपय युवतीहरूलाई अवैध हिसाबले छिराउने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नेपालमा उद्दार समेत गरिएको छ ।

 

क्वालाम्पुरलगायतका क्षेत्रमा रहेका रेडलाइट एरियाका मसाज सेन्टर, पव र बारमा नेपाली पनि कार्यरत रहँदै आएका छन् । भारतीय र नेपाली दलालको संयोजनमा उक्त देशमा नेपाली ग्रामिण भेगका युवतीलाई लोभ र लालचमा पुराउने गरिन्छ ।

 

मलेशीयामा कार्यरत एक युवा भन्छन्,‘कयन नेपाली युवती यसरी यौनजन्य काममा सक्रिय रहेको हामीले भेटेका छौं । यहाँ अलिक खुला भएका क्षेत्रमा पर्याप्त नेपाली भेटिन्छन् ।’

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...