एकै पटकमा सन्तुष्ट हुने भएकाले ग्राहक पटक–पटक आउँछन् महिनामा ३ लाख कमाउँछु [भिडियोसहित]
पछिल्ला दिनहरुमा नेपालमा भाइरल हुन मानिसहरुले अनेक गर्न थालेका छन् । अरु भन्दा फरक वा दुःख देखाए चाडै धेरैको नजरमा पर्ने गरेको देखिएको छ । यस्तैमा धेरै जना उसको व्यक्तित्वले गर्दा भाईरल भएका छन् त कोही दुःखका कारण कोही उनीहरुले गर्ने पेशाका कारणपनी भाईरल भइरहेका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईसँग यदी केही गर्ने क्षमता छ भने तपाई भाइरल बन्न सक्नुहुन्छ । भाइरल हुनेहरुको भिडमा पेशाकै कारण भाईरल हुने मध्य एक हुन कैचिबाली अर्थात डिभिशा शर्मा पनि हुन् । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम पनि गर्छिन् । उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गर्छिन् ।
तर पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो हरेक दिन देखिने गर्दछ । शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक सञ्जालमा भाईरल भएकी हुनुपर्छ । यस युट्यब च्यानलाई दिएको अन्तरवार्तामा उनले आफ्नो एक पटक आएको ग्राहक फेरिफेरि पनि आउँने खुलासा गरेकी छिन् ।
अर्को कुरा उनको व्यापारमा जुन प्रकारको भिड रहेको छ उनको आम्दानी पनि त्यही प्रकारले बढेको उनको दाबी रहेको छ । उनी खुलेरै सुनाउँछिन् १ महिनामा ३ लाख कमाउँछु ।