अन्तर्राष्ट्रियकरण हुँदै विशाल नेपालको मुद्दा: ब्रोकन चेयरमा प्रर्दशन



हाम्रो इकोनोमि

 

नेपालमा अहिले दुई वटा आन्दोलन निकै चर्चामा छन् । पहिलो-विखण्डनकारी सीके राउतले बिगत केही बर्ष यतादेखि चलाउँदै आएको स्वतन्त्र मधेश बनाउने अभियान । दोस्रो हो-ग्रेटर नेपालका अभियन्ता, प्राध्यापक एवम् राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चलाएको विशाल नेपाल अभियान । यतिखेर दुवै आन्दोलन चर्चामा छन् । ग्रेटर नेपालको अभियन्ता नेपालले चलाएको अभियानलाई कमै नेपाली र सञ्चारमाध्यामले चासो दिने गरेको मात्र नभई सरकारले समेत दमन, धरपकड र पक्राउ गर्दै सार्वजनिक मुद्दा थोपर्ने गरेको छ ।

 

उता, विखण्डनकारी जो छुट्टै मुलुक बनाउँछु भन्ने अभियानमा लागेका छन् त्यस्तो देशद्रोही ब्यक्तिसँग सरकारले भर्खरै ११ बूँदे सहमति गर्दै मुलधारको राजनीतिमा ल्याएको दावी गर्दै छ ।

 

केही बर्ष पहिलेबाट सुरु भएको छुट्टै राष्ट्र बनाउने अभियानलाई नेपालका प्रायजसो ठूला मिडियाको साथ छ, तर आफ्नै पूर्खाले आर्जेको भूभाग जुन भारतले उपनिवेशका रुपमा कामय राखेको छ । त्यो जमिन भारतले फिर्ता गर्नुपर्छ भन्ने अभियानमा रहेका अभियन्ता तथा प्राध्यापक नेपाललाई भने कमैले साथ र सहयोग गरेका छन् । यद्यपि उनै लडिरहेका छन् , अगाडि बढिरहेका छन् ।

 

सोही अभियानमा रहेका अभियन्ता स्विजरल्याण्डको जेनेभास्थित ब्रोकन चेयरबाट नेपाली भूमिमा कायम भारतीय उपनिवेशका विरुद्ध विरोध नेपालीहरुले प्रर्दशन गरेका छन् । ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासमा रहेका अभियन्ता नेपालसहित उपस्थित नेपालीहरुले शनिबार प्रदर्शन गरेका हुन् ।

 

विगत २०३ वर्षदेखि नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि भारतको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त पीडाको आवाजको सुनुवाइ गर्न अनुरोध गर्दै मोर्चा लामो प्रयासपछि ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् अगाडि उभिन पुगेको हो ।

 

नेपाली समयानुसार हिजो साँझ ४ः३० बजेतिर जेनेभास्थित यूनाईटेड नेशन्सको भवन अगाडि ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरिएको अभियन्ता नेपालले बताए । ब्रोकन चेयरमा गत बिहिबार गर्ने भनिएको प्रदर्शन उक्त दिन पानी परेका कारण बिथोलिएको थियो । मौसममा सुधार आएलगत्तै शनिबार दिउँसो सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको उनले बताए ।

 

उनले भने, ‘मैले हिजो सबभन्दा पहिले यूनाईटेड नेशन्सको प्राङ्गणमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झन्डासँगै राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साको साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउने मौका पाएँ । ब्रोकन चेयरमा मलाई साथ दिन त्यहाँ आइपुगेका नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी भारतीय उपनिवेशबादको विरोध गरे । जुन निकै गर्वको क्षण थियो । उक्त कदमपछि मलाई थप जिम्मेवार र उत्तरदायित्व बढेको महसुस भएको छ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...