फेसबुकले उठायो अहिलेसम्मकै कठोर कदम, अब यस्तो परिवर्तन



हाम्रो इकोनोमि

 

अहिले विश्वभरी चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले नयाँ घोषणा गरेको छ । कम्पनीका अनुसार अब फेसबुकमा कुनै पनि अश्लील सामाग्री चर्चामा रहने छैनन् । केही दिन पहिले लामो समय बन्द हुन पुगेको फेसबुकले पछिल्ला वर्षहरुमा सर्वाधिक आलोचना खेप्नु परेको छ ।

 

यति मात्रै होईन यो वर्ष फेसबुकको आम्दानी पनि गत वर्षको भन्दा कम भएको जनाइएको छ । फेसबुक प्रयोगकर्ताहरुका सुचना अरुलाई बेचेको आरोप लागेपछि फेसबुकमाथि कडाई गरिएको हो । केही दिन पहिले एक लामो ब्लग लेख्दै फेसबुक संस्थापक मार्क जुकरबर्गले अब कम्पनीले प्रयोकर्ताको सुरक्षाको लागि काम गर्ने जनाएका थिए ।

 

फेसबुकमा पुर्ण रुपमा नग्न सामाग्रीहरु राख्न पहिले देखि नैं मनाई गरिएको छ । यदी त्यसो भएको खण्डमा कम्पनी आफैले यस्ता तस्विर वा भिडियोहरु हटाउँने गर्दछ । पछिल्लो समय छोटो समयमा चर्चामा आउँनको लागि अंग पदर्शन विशेष हतियार बनेको बेला फेसबुकले यस्तो कदम उठाएको छ ।

 

फेसबुकले भनेको छ , ‘मशीन लर्निंङ टूल’ को प्रयोग उसले आफ्ना सबै सामाजिक सञ्जालमा प्रयोग गर्ने भएको छ । इन्टाग्राममा पनि यो प्रविधिको प्रयोग गरेर अश्लीलता रोक्ने कम्पनीले जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...