फेसबुकले उठायो अहिलेसम्मकै कठोर कदम, अब यस्तो परिवर्तन



हाम्रो इकोनोमि

 

अहिले विश्वभरी चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले नयाँ घोषणा गरेको छ । कम्पनीका अनुसार अब फेसबुकमा कुनै पनि अश्लील सामाग्री चर्चामा रहने छैनन् । केही दिन पहिले लामो समय बन्द हुन पुगेको फेसबुकले पछिल्ला वर्षहरुमा सर्वाधिक आलोचना खेप्नु परेको छ ।

 

यति मात्रै होईन यो वर्ष फेसबुकको आम्दानी पनि गत वर्षको भन्दा कम भएको जनाइएको छ । फेसबुक प्रयोगकर्ताहरुका सुचना अरुलाई बेचेको आरोप लागेपछि फेसबुकमाथि कडाई गरिएको हो । केही दिन पहिले एक लामो ब्लग लेख्दै फेसबुक संस्थापक मार्क जुकरबर्गले अब कम्पनीले प्रयोकर्ताको सुरक्षाको लागि काम गर्ने जनाएका थिए ।

 

फेसबुकमा पुर्ण रुपमा नग्न सामाग्रीहरु राख्न पहिले देखि नैं मनाई गरिएको छ । यदी त्यसो भएको खण्डमा कम्पनी आफैले यस्ता तस्विर वा भिडियोहरु हटाउँने गर्दछ । पछिल्लो समय छोटो समयमा चर्चामा आउँनको लागि अंग पदर्शन विशेष हतियार बनेको बेला फेसबुकले यस्तो कदम उठाएको छ ।

 

फेसबुकले भनेको छ , ‘मशीन लर्निंङ टूल’ को प्रयोग उसले आफ्ना सबै सामाजिक सञ्जालमा प्रयोग गर्ने भएको छ । इन्टाग्राममा पनि यो प्रविधिको प्रयोग गरेर अश्लीलता रोक्ने कम्पनीले जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...