बेलायत छाडेर किन नेपाल आए यी शुन्दर नायीकाहरु



हाम्रो इकोनोमि

 

धेरैले भन्ने गर्छन ‘नेपालमा काम गर्ने वातावरण छैन, भविष्य बनाउन विदेश जानुपर्छ ।’ तर त्यो भनाइ नकार्दै विदेशमा पढेका केही यूवतीहरु भने नेपालको फिल्म क्षेत्रमा भविष्य खोजीरहेका छन्।
उनीहरुले केही वर्षदेखि नेपालमा काम गरीरहेका छन् ।

बेलायतमा अभिनय पढेर आएकी अभिनेत्री शिल्पा मास्के पछिल्लोपटक नेपालमै फिल्म क्षेत्रमा काम गरीरहेकी छन् । बेलायत रहँदा हलिउडको फिल्म ‘डाक्टर स्ट्रेन्थ’मा अभिनय गरेकी शिल्पा बिगत दुई वर्ष देखि नेपालमै काम गरिरहेकी छिन् ।

नेपाली चलचित्र ‘द ब्रेक अप’मा काम गर्नेगरी नेपाल आएकी उनी नेपालमै स्थापित भएको बताईन्। “‘द ब्रेक अप’ सँगै ‘कागजपत्र’ र अन्य फिल्मसँग आबद्ध भएपछि अहिले यतै स्थापित भएको छु ।” शिल्पाको नयाँ चलचित्र द ब्रेकअप यही ८ चैतबाट रिलिज हुँदैछ ।

चलचित्र रोजकी अभिनेत्री मिरुना मगर पनि बेलायतमा पढेर नेपाल आएकी हुन् । दुई वर्ष अघि फिल्म लाउरेको लागि आएकी उनी चलचित्र रोज, साईनो लगायतमा अभिनय गरेकी छन् ।

रोज रिलिज भएपछि धेरै चलचित्रमा प्रस्ताव आएकोले आफू नेपालमै व्यस्त भएको उनले बताइन् । उनी अभिनित चलचित्र साइने प्रदर्शनको तयारीमा छ । अहिले अन्य दुई चलचित्रको काममा आफु व्यस्त रहेको बताउने मिरुना अब नेपाली चलचित्रमै स्थापित हुने पक्षमा रहेको बताइन् ।

त्यस्तै बेलायतमै अध्ययन गरीरहेकी सारा सिरपाली पनि अभिनेत्री सारा सिरपाली पनि पछिल्लो समय नेपाली चलचित्रमै व्यस्त छिन् ।

निखिल उप्रेतीसँग चलचित्र ‘रुद्र’मा नायिका बन्ने अबसर आएपछि बेलायतबाट नेपाल आएकी उनी चलचित्र ‘पिँजडा’, ‘रिर्टन’ र सुव्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’मा काम गरिन् । अहिले उनी चौथो चलचित्र ‘जात्रै जात्रा’मा व्यस्त छिन् । नोपलका विभिन्न चलचित्रबाट प्रस्ताव आईरहेकोले अभिनेत्री सारा अब नेपाली चलचित्रमै स्थापित हुने पक्षमा छिन् ।

सबै परिवार बेलायतमै रहेकी चलचित्र लिली बिलीकी अभिनेत्री जसिता गुरुङ पनि बेलायतबाट नेपाल फर्केकी हुन् । उतै अध्ययन गरिरहेकी जसिताले चलचित्र ‘लभ स्टेशन’मा अभिनय गरीन् ।

उक्त चलचित्र २२ चैतबाट प्रदर्शन हुँदैछ । बेलायतमा हुँदा एउटा नृत्य प्रतियोगितामा उत्कृष्ट भएपछि निर्माता गोविन्द शाही र निर्देशक मिलन चाम्सबाट चलचित्र लिली बिलीको लागि प्रस्ताव आउपछि उनी नेपाल आएकी थिइन् ।

लभ स्टेशनपछि उनलाई थप तीन ओटा चलचित्रबाट नायिकाको रुपमा प्रस्ताव आएको उनले बताइन् ।

अहिले राम्रा व्यानरका फिल्ममा प्रस्ताव आईरहेकाले बेलायत बस्न छाडेर म नेपाली चलचित्रमै समय दिने पक्षमा आफू रहेको अभिनेत्री जसिताले बताइन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...